Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यालय तोडफोडको प्रयास: पत्रकार महासङ्घ सदस्यता विवाद

काठमाडौँ, ११ माघ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा नयाँ सदस्यता विवाद देखिएको छ । महासङ्घ केन्द्रले आह्वान गरेअनुसार नयाँ सदस्यताका लागि कुल पाँच सय ५३ को आवेदन परेको र चार सय ४० लाई सिफारिस गरिएकामा त्यसमा गैरपत्रकारको पनि परेको तथा कतिपय कार्यरत पत्रकारको छुटेको भनी उजुरी परेपछि विवाद देखिएको हो ।

विवाद मिलाउन शाखाले आवेदन परेका र सिफारिस भएका सदस्यको कागजात पुनः अध्ययन थालेको छ । सोही विषयमा केही नयाँ आवेदकले आफ्नो सदस्यता किन सिफारिस भएन भन्दै सोमबार शाखाको भृकृटीमण्डपस्थित कार्यालयमा आक्रोश व्यक्त र भनाभन हुँदा पत्रकारिताका केही सङ्गठनले कार्यालय तोडफोडको प्रयास भएको जनाएका थिए ।

जिल्ला शाखाहरुको अधिवेशन घोषणा गरिसकेको महासङ्घ केन्द्रले यसै साता देशभरका शाखाका नयाँ सदस्यता र नवीकरणबारे टु¬ङ्गो लगाउँदैछ । शाखाका अध्यक्ष गोविन्द चौलागाईंले प्रक्रिया पु¥याउने नाममा गैरपत्रकार नपरून् र कार्यरत पत्रकार नछुटून् भन्ने ध्येयका साथ काम भइरहेकाले यसमा सबै पक्षबाट सहयोग आवश्यक भएको बताए ।

उनले पत्रकारिता पेसालाई मर्यादित र जिम्मेवार बनाउन सबैको भूमिका हुने बताउँदै सदस्यताको विवाद आपसमा बसेर समाधान गर्नेतर्फ आफूहरु लागिपरेको जानकारी दिए। यसैबीच प्रेस चौतारी नेपाल काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले प्रेस विज्ञप्ति जारी गरी कागजात पुगेका र योग्य पत्रकारलाई सदस्यता दिन ढिलाइ गर्न नहुने बताउँदै आफूहरुले कुनै तोडफोडको प्रयास नगरेको जिकिर गरेका छन् । रासस

प्रकाशित मिति: Jan 24, 2017

प्रतिक्रिया दिनुहोस्