Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा मधेसी मोर्चाका नेताले के– के भने ?

काठमाडौं,२९ पुस । आजको संसद बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगको हालै सरकारलाई बुझाएको प्रतिवेदन फिर्ता गर्न माग गरेको छ ।

संसदको विशेष समयमा बोल्दै तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले प्रतिवेदनको चौतर्फी विरोध भइरहेको भन्दै फिर्ता गर्न माग गरेका हुन् ।

उनले आयोगको प्रतिवेदन अवैज्ञानिक भएकाले यो लागू हुन नसक्ने दावी गरे । स्थानीय तहको भन्दा पहिले केन्द्र र प्रदेशको चुनाव गर्नुपर्ने बताए भन्दै नेता यादवले स्थानीय तहलाई प्रदेश मातहत राख्नुपर्ने बताए ।

संविधान संशोधन विधेयक पारित नभएसम्म निर्वाचनको वातावरण नबन्ने भन्दै उनले संविधान संशोधन विधेकयमा सहमति जुटाएर मात्र निर्वाचनको कुरा गर्न सत्तारुढ दलको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: Jan 13, 2017

प्रतिक्रिया दिनुहोस्