Logo
११ बैशाख २०८१, मंगलबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलित बहस : पानी र जवानीको यस्तो छ कहाँनी

राज्यको कानुनमा दलितमाथि समान व्यबहारको व्यवस्था भए, पनि समाजमा भने दलितलाई छुट्टाछुट्टै तरिकाले हेरिन्छ । दलितभित्र रहेको असमानताको फाईदा उठाउदै विभिन्न राजनीतिक दलहरुले दलित समुदायलाई भोट बैंकको रूपमा प्रयोग गरेकोमा दुई मत छैन । प्रशङ्ग तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ‘दलित’ समुदायसँगै बसेर सहभोजको विषय हो । बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजना गरिएको ‘दलित सम्मेलन एवं दलितसँग सहभोज कार्यक्रम’मा अध्यक्ष ठाकुरले दलितसँगै बसेर भोज खाएका हुन् भन्दा गर्व गर्नु पर्ने हाम्रो समाज छ ।

कस्तो अचम्मको समाज,मान्छे चन्द्रमा पुगिसकेका छन् । तर नेपालमा भने जात, पात ,छुवाछूत, तल्लो जात, उपल्लो जातमा अल्झेबाटै प्रश्ट हन्छ ‘हामी नेपाली कुन युगमा छौ ?’ नेपाली समुदाय,यस्तो समुदाय हो पशुको इज्जत गर्ने,पशुको पुजा गर्ने, पशुलाई घर प्रवेशमा कुनै रोकतोक नगर्ने,पशुको हत्या भयो भन्दै आन्दोलन हुने ।

पुर्ण बहादुर वि.क (पहाडी )

तर, मानवलाई भने पशु भन्दा पनि तल्लो व्यबहार गर्ने यो समाजमा उपल्लो जातिका ठाकुरले दलितसंगै बसेर खानु चन्द्रमा पुगे भन्दा पनि ठुलो कुरा भयो । अब यस्तो समाजमा मानवीयता छ भनेर कसरी भन्ने, समानता कहाँ खोज्ने ? राज्यले जारी गरेको कानुनलाई कुन समाजले व्यबहारमा ल्याउने, जुन समाजको आशामा दलित समुदाय राजनीतिक गर्छन् त्यही समाजका भद्र भलाद्मी नेतृत्व वर्ग नै राज्यको कानुनलाई खिल्ली उडाउँछन । दलित माथि स्वार्थको शासन चलाउँछन् ।
यो समाजमा घटेका घटनालाई बाहिरी रूपमा मात्रै मिडियाले प्रकाशन गर्छन्, साच्चिकै भित्रि रूपमा बुझ्ने प्रयास मिडियाले पनि गर्दैनन् ।

वास्तविकता अर्कै छ, गाउँ घरमा अझै पनि कामी, दमाई,सार्की, वाढी,गाइनेले छोयो भने अपबित्र हुन्छ कुल रिसाउछन, साइत पर्दैन, पानी पनि छोइन्छ भन्नु कति लाजमर्दो कुरा हो । अनि पानीलाई त खुल्ला बग्ने अधिकार छ, खुल्ला बगेको छ,खुल्ला भएर बगेको पानीलाई दलितले छोएको छैन होला त किन पिउछन छोइयको पानी ? पानी र जवानी चाहिँ छोइछिटो नहुने दलित समुदाय चाहिँ छोइछिटो हुने ? कस्तो अचम्म छ यहाँ, देश हाक्ने पनि उपल्लो जाति, कानुन निर्माण गर्ने पनि उपल्लो जाति तर आफैले बनाएको कानुनलाई नमान्ने पनि उपल्लो जाति ? उपल्लो जातको हँु भन्ने मानिसको चेतना कहाँ हराएको छ ।

चेतना हराएको समाजमा दलित समुदायको मुक्ति र सम्मान मानवता कहिले हुन्छ ? सत्य र वास्तविकता यहीँ हो नेपाल सरकारले दलितको लागी जनचेतना जनजागरण कार्यक्रम चलाउने योजना बनाउँछ त्यही योजनामा दलित नेतृत्व लम्पसार परेर सरकारको दान थापेर दलित समुदायमा चेतना दिन पुग्छन् ।

वास्तवमा चेतना र जनजागरण समाजमा रहेका उपल्लो जातिलाई होईन त दिनुपर्ने, निच घटीया सोचाइलाई परिवर्तन गर्नेको लागी चलाउने कि जनजागरण र जनचेतना पीडित दलित समुदायको लागी ? जनचेतना र जनजागरण कस्तो लागी भन्ने पहिलाको लेखमा लेखिसकेको छु ।
केही दलित नेतृत्व समाजमा क्षणिक सम्मान र समानता छ, त्यही क्षणिक मिठासमा आफ्नो समुदाय भुलेर आफूले समान अधिकार पाएको गर्ब गर्दै ठुला,ठुला भाषण गर्ने ।

हामीले मानव समान अधिकार पाएको छौ, कानुन पनि न्यायीक छन भन्दै बकम्फुसे डलर पचाउने भाषण गर्दै, ६० लाख दलितहरूलाई वास्तविक भन्दा निकै टाढा राख्ने कोशिस गरेको देख्दा अचम्म लाग्छ । के दलित समुदाय राजनीतिक दल र केहि दलित नेताहरुको भोट बैंक मात्रै हुन ? होइन, भने किन प्रयोग मात्रै हुन्छन् दलित समुदाय भोट बैंकको रूपमा ? जबजब चुनावको कुरा आउँछ तब दलितको समानता र न्याय,सामुहिक भोज अन्तर जातीय बिबाहको कुरा आउँछन् ।

महन्थ ठाकुरले ‘दलित’ समुदायसँगै बसेर सहभोज गर्नु, दलित समुदायको लागी खुसीको कुरा हो यसले समाजमा सदभावको नयाँ आयाम थपेको आभास पनि दिन्छ । तर अन्य उपल्लो जातको राजनीति दलका नेतृत्वले पनि समाजमा सामुहिक भोज गर्नु पर्छ ,अन्तर जातीय बिबाहले मान्यता पाएको छ त्यसैलाई हामी सबैले मान्यता दिनुपर्नेमा जोड दिनुपर्छ हामी सबै समाजमा रहेका मानव सम्मान हौ भन्ने चेतना दिने र

समाजमा सदाबहार सहभोज, सम्मान बिबाह गर्ने वातावरण मिलाउने कि ?

एकदिने सहभोजमा समावेश भएर दलित समुदायलाई भोट बैंकको रूपमा मात्रै प्रयोग गर्ने, योजना बनाउने भन्ने हो । वास्तवमा भन्नुपर्दा एकदिने सहभोज यो एउटा भोट बैंकको योजना मात्रै हो होईन भने दलित समुदायको न्यायको लागी द,न, सम्म उचाहरण नगर्ने नेताले दलित समुदायको सहभोजमा सहभागी हुनुको मत्लब के यो चुनावी योजना मात्रै हो। योजना बनाउने योजनाकार अब समाजमा चहलपहल गर्ने दिन आउदैछ ।

होसियार दलित समुदाय इनार छोइयो, धारामा पानी छोइयो, बोक्सी, उपल्लो जात सङ्ग बिबाह गरिस, दलित हो घर भाडामा दिनु हुन्न भन्ने सोचाइ चुनावमा सबै सम्मान हुनेछन् कुनै भेदभाव हुने छैनन् । तर चुनाव सकियो भने पुरानो कुरा जस्ताको तस्तै हुनेछन्,के यही हो त दलित नेतृत्वको पहुँच प्रयोग मात्रै हुने । दलित समुदायको भोट् र नेतृत्वको भुमिकालाई कसरी अगाडि बढाउने र कसरी प्रयोगात्मक बनाउने भन्ने विषयमा सोच्ने कि अब पुरानै ज्यु र हजुरमा पार्टी भित्र अल्झिने भन्ने हो ।

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्