Logo
१२ बैशाख २०८१, बुधबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रको अन्तुष्टिवीच मधेशी मोर्चाले पत्रकार सम्मेलन गरेको खुलासा !

काठमाण्डौ, १५ पुस। आज मात्रै पत्रकार सम्मेलन गरेर आफना आधिकारिक धारणा प्रस्तूत गरेका आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र आन्तरिक द्धन्द सतहमा आएको छ ।  मधेशी मोर्चाले गरेको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अनुपस्थिति जनाएर उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपाल असन्तुष्टि जनाएको छ ।

बैठक स्रोतका अनुसार पहिलो दिनको बैठकमा अध्यक्ष यादवले १८ गते हुने खबरदारी सभा संघीय गठबन्धनको तर्फबाट गरौ भनि प्रस्ताव गरेका थिए । गठबन्धनका संयोजक समेत रहेका यादवले ‘गठबन्धनबाट खबरदारी सभा गर्यो भने आदिवासी जनजातिहरुले साथ दिन्छन् र कार्यक्रम भव्य हुने भएकाले गठबन्धनबाट नै गरौं’ भन्ने प्रस्ताव गरेका थिए ।

दुई दिनदेखि तमलोपाको कार्यालयमा जारी मधेशी मोर्चाको बैठकमा पहिलो दिनको बैठकमा उपेन्द्र यादव उपस्थित भएपनि दोस्रो दिनको बैठकमा अनुपस्थित रहे । त्यसमा तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवबाहेक अरु कसैले समर्थन जनाएनन् ।

‘गठबन्धनमा आवद्ध संगठनहरुले छुट्टै कार्यक्रमहरु गरिरहेका छन्, यो खबरदारी सभा मधेशी मोर्चाको तर्फबाट होस् त्यसपछि हुने कार्यक्रम गठबन्धनकै तर्फबाट पनि गर्न सकिन्छ’ मोर्चाका नेताहरुको भनाई थियो । त्यसपछि उपेन्द्र यादवले कुनै प्रतिवाद गरेनन् । भएका निर्णयहरु सार्वजनिक गर्नु एकपटक बैठक बस्ने कुरा भयो । तर उपेन्द्र यादव न आफै बैठकमा आए न अरु कसैलाई पठाए । उपेन्द्र यादव हिजै जनकपुर गए भने उनका पार्टीका अन्य नेताहरु काठमाडौमा भएपनि आजको बैठकमा आएनन् ।

मोर्चाको नेताहरुले पत्रकार सम्मेलनका लागि विज्ञप्ति तयार गर्दा सो विज्ञप्तिमा सातैजना अध्यक्षले हस्ताक्षर गर्ने भनि नाम उल्लेख थियो तर जब फोरम नेपालको तर्फबाट कोही आउन तयार नभएपछि अन्त्यमा सबैको नाम हटाएर महन्थ ठाकुरको मात्र नाम राखी विज्ञप्ति जारी भएको हो ।

यसअघि पनि भएका विभिन्न चरणका काठमाडौ केन्द्रीत आन्दोलन गठबन्धनकै तर्फबाट भएको थियो । मधेशी मोर्चाको तर्फबाट पनि कार्यक्रम गरौं भन्दा उपेन्द्र यादवले सहमति जनाएका थिएनन् । धेरै किचलो भएपछि गठबन्धनले घोषणा गरेको आन्दोलन कार्यक्रमको संयोजन मधेशमा मधेशी मोर्चाले गरेका थिए । त्यस यता मोर्चाले कुनै पनि कार्यक्रम गर्न पाएको थिएन ।

उपेन्द्र यादव संयोजक भएको नाताले गठबन्धनबाट नै कार्यक्रमहरु आयोजना गर्दै आएका थिए । मोर्चाका नेता एव तराई मधेश सद्भावना पार्टीका अध्यक्ष रामनरेश यादवले मोर्चाप्रति उपेन्द्र यादवको कुनै असन्तुष्टि नरहेको प्रतिकृया दिए ।

उनले भने, हिजोको बैठकमा उपेन्द्र यादवको उपस्थितिमा नै सबै निर्णयहरु भएका हुन्, उहाँ विशेष कामले जनकपुर जानु भएको हुनाले आजको बैठकमा उपस्थित नभएको हो ।’ संविधान संशोधनसहित पारित गर्नुपर्ने बेलामा तीन ठूला दल निर्वाचनमा जान सहमत भएको भन्दै त्यसको विरोधमा सोमबार १ बजे मधेशका जिल्ला सदरमुकाममा खवरदारी विरोध प्रर्दशन गर्ने निर्णय गरेको छ ।

तमलोपाको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गराउन खवरदारी गर्नु परेको बताए । अध्यक्ष ठाकुरले भने–‘यथास्थितिमा निर्वाचनमा गए मान्य हुदैन ।’ मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन पनि अस्विकार गर्ने भएको छ ।

प्रदेश सभाले गर्ने काम आयोगले गर्नु असंवैधानिक कदम हुने भन्दै त्यसलाई स्वीकार गर्न नसकिने अध्यक्ष ठाकुरले बताए । मोर्चाले एमालेले संविधान संशोधन प्रस्तावको विरोध गरेर सम्पूर्ण मधेशी, जनजाति आदिवासीलगायतका समुदाय विरुद्ध उभिएको भन्दै आक्रोश व्यक्त गरेको छ । रातोपाटीमा समाचार छ ।

यसअघि पनि भएका विभिन्न चरणका काठमाडौ केन्द्रीत आन्दोलन गठबन्धनकै तर्फबाट भएको थियो । मधेशी मोर्चाको तर्फबाट पनि कार्यक्रम गरौं भन्दा उपेन्द्र यादवले सहमति जनाएका थिएनन् । धेरै किचलो भएपछि गठबन्धनले घोषणा गरेको आन्दोलन कार्यक्रमको संयोजन मधेशमा मधेशी मोर्चाले गरेका थिए । त्यस यता मोर्चाले कुनै पनि कार्यक्रम गर्न पाएको थिएन । उपेन्द्र यादव संयोजक भएको नाताले गठबन्धनबाट नै कार्यक्रमहरु आयोजना गर्दै आएका थिए ।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्