Logo
७ बैशाख २०८१, शुक्रबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस काउन्सिलमा अब टिभीदेखि सबै अनलाइनको अनुगमन रेकर्ड

 

काठमाण्डौ ।  विभिन्‍न टेलिभिजन, अनलाइन तथा रेडियोमार्फत प्रशारणमा आएका सामाग्रीहरुको अब रेकर्ड राखिने भएको छ । अब रेडियो, अनलाइन तथा टेलिभिजनबाट प्रशारणमा आएका सबै श्रव्य-दृश्य सामाग्री प्रेस काउन्सिलको रेकर्डमा हुनेछन् ।

काउन्सिलका सुचना अधिकारी दिपक खनाल भन्छन्,’यो उच्च प्रविधि मेसिन ल्याउनुको उदेश्य आचारसंहिता उल्लङ्घनको घटनामा कमी ल्याउनु हो,’ उनले भने,’प्रेस काउन्सिलले यसअघि पुरानो प्रविधिको प्रयोग गरेर २०७२ माघ १ गतेदेखि विद्युतीय माध्यम रेडियो, टिभी, अनलाइनको अनुगमन गर्दै आएको थियो।

यसलाई थप प्रभावकारी बनाउन एक महिनादेखि नयाँ माध्यमबाट अनुगमन थालेका छौं।’ उनले यो प्रविधिबाट तत्कालका लागि १६ टेलिभिजन, २ सय अनलाइन एफएम र ५ सयवटा अनलाइनको अनुगमन गरिने जानकारी दिए।’२४ सै घन्टा प्रशारणमा आएका सामाग्रीहरुको अभिलेख राखिनेछ,’ उनले भने। यसअघि काउन्सिलले यस प्रविधि प्रयोगमा नल्याउँदा विद्युतीय सञ्‍चारमाध्यमको सबै रेकर्ड राख्न संभव थिएन।

समाचारको विषयलाई लिएर कसैले उजुरी गरेमा प्रमाण नभेटिने समस्या पटक-पटक देखिएको थियो।’पहिला उजुरी आएता पनि अडियो नहुनाले र भएपनि अनुगमन समय लामो लिने भएकाले समस्या आउने गरेको थियो। तर यो प्रविधि आएसँगै डाटा आफैसँगै रहने भएकाले अनुगमन छिटो,सहज र प्रभावकारी हुनेछ,’ खनालले भने।

 

प्रकाशित मिति: Dec 26, 2016

प्रतिक्रिया दिनुहोस्