Logo
१९ बैशाख २०८१, बुधबार
(December 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारका लागि निःशूल्क मिर्गौला परीक्षण शिविर

काठमाडौं, ७ पुस । नेपाल प्रेस युनियनले पत्रकारका लागि निःशूल्क मिर्गौला परीक्षण शिविर चलाउने भएको छ । पुस ११ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म नेपाल प्रेस युनियनको कार्यालय थापा गाउँमा निःशूल्क मिर्गौला परीक्षण शिविर आयोजना गरिने युनियनले जनाएको छ ।

जिल्ला जलनस्वास्थ्य कार्यालय काठमाडौंको सहयोगमा निःशूल्क मिर्गौला परीक्षणको व्यवस्था मिलाइएको युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयोे । नयाँ प्रविधिको प्रयोग गरेर ५ मिनेटमा नै मिर्गौला परीक्षण हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: Dec 22, 2016

प्रतिक्रिया दिनुहोस्