Logo
१५ बैशाख २०८१, शनिबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले देश विखण्डन गर्न लागेको मोर्चाको ठहर

काठमाडौं  । नेकपा एमालेले देश विखण्डन गर्न लागेको ठहर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गरेको छ ।

मधेशी मोर्चाले निर्णय नै गरी एमालेलाई देश विखण्डन गर्ने कार्य रोक्न आग्रहसमेत गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको मोर्चाको बैठकले एमालेले गरिरहेको आन्दोलन विखण्डनकारी रहेको ठहर गरेको छ । र, यस्ता आन्दोलनलाई रोक्न आग्रहसमेत गरेको छ ।

मोर्चाको विज्ञप्तिमा भनिएको छ,‘एमालेले देशमा अहिले संशोधनको प्रस्तावलाई राष्ट्रघाती भन्दै गरेको आन्दोलन अतिवादी, विखण्डनकारी र उग्रवादी आन्दोलन भएको मोर्चाले ठहर गरेको छ ।

तसर्थ राष्ट्रिय एकतालाई खलल पार्ने खालका कुनैपनि गतिविधि नगर्न मोर्चा आग्रह गर्दछ ।’ मोर्चाको बैठकले गरेको चार बुँदे निर्णयमा कुनै पनि प्रस्तावलाई संसदमा प्रस्तुत हुन नदिनु लोकतान्त्रिक र संदीय अभ्यासको अपनाम भएको ठहर गरेको छ ।

मोर्चाको बैठकले थरुहटमा अहिले सुरु भएको आन्दोलनलाई समर्थन गर्दै आन्दोलनमा सहयोग गर्ने निर्णय गरेको बैठकमा सहभागी सद्भावना पार्टीका नेता उपेन्द्र महतोले बताए ।

उनका अनुसार सरकारले दर्ता गराएको संशोधन विधयेक परिमार्जन गरी ल्याइएको खण्डमा मोर्चाले समर्थन गर्ने निर्णय गरेको छ । महतोले सहमतिका लागि मोर्चा एक स्टेप पछि सरेको बताए ।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्