Logo
७ बैशाख २०८१, शुक्रबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत लाइसेन्सका लागि संचारमन्त्रीमाथि सुमार्गीको दवाव

काठमाडौं । व्यावसायी अजयराज सुमार्गीले आफ्नो टेलिकम कम्पनीलाई एकीकृत लाइसेन्स दिनका लागि संचारमन्त्री सुरेन्द्र कार्कीलाई दवाव दिएका छन् । अर्थमन्त्री कृष्णबहादुर महरा मार्फत सुमार्गीले यस्तो दवाव दिएका हुन् । मन्त्री महरा र सुमार्गीवीच गहिरो सम्बन्ध छ ।उच्च स्रोतका अनुसार मन्त्री कार्कीले यस्तो दवाववारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी दिएका छन् ।

कम्पनीले देशभर यस्तो सेवाका लागि निवेदन दिएको छ । ‘त्यही निवेदन अगाडि बढाउन संचारमन्त्रीमाथि लगातार दवाव दिइएको छ ।’ संचारमन्त्री निकट स्रोतले भन्यो । नेपाल स्याटेलाइट कम्पनीका मालिक सुमार्गीले आफ्नो कम्पनीलाई एकीकृत लाइसेन्स दिन माग गर्दै आएका छन् । यसका लागि उनले पटक–पटक संचार मन्त्रालयमा निवेदन पनि दिएका छन् ।

०७१ कार्तिक २९ मा दोस्रो चरणको सेवा विस्तार गर्दैसुमार्गीले केही महिनाभित्र देशभर सेवा विस्तार हुने बताएका थिए । कम्पनीका कार्यकारी निर्देशक अजय सुमार्गी हुन् । तर, दुई बर्ष वित्दा पनि उनले यस्तो लाइसेन्स पाउन सकेका छैनन् । नेपाल स्याटेलाइट कम्पनीले अहिले हेल्लो नेपाल नामक मोवाइल सेवा प्रदान गरेको छ । शुरुमा मध्यपश्चिाअञ्चल हुँदै अहिले पश्चिाअञ्चल र सुदर मध्यपश्चिाअञ्चलमा यसको सेवा विस्तार भएको छ ।

पहिलो चरणमा २०६६ साल मङ्सिर १ गतेदेखि मध्यपश्चिमाञ्चलमा आफ्नो व्यावसायिक सेवा शुरू गरेको थियो । कम्पनीले दोस्रो चरणअन्तर्गत ०७१ कार्तिक २९ मा आफ्नो सेवा सुदूरपश्चिमको दार्चुलादेखि पश्चिमाञ्चलको गैंडाकोटसम्म विस्तार गरेको थियो । त्यसबेला कम्पनीले आफ्नो लगानी ९ अर्व पुगेको जानकारी दिएको थियो ।

पहिलो चरणमा निर्धारित मापदण्ड पूरा गरेपछि कम्पनीले दोस्रो चरणको सेवा विस्तार गर्न अनुमति पाएको कम्पनीका भनाई थियो अन्य मोबाइल सेवाप्रदायक संस्था नपुगेका दुर्गम ठाउँमा सेवा पु¥याउनु कम्पनीको प्रमुख लक्ष्य रहेको कम्पनीले दावी गर्दै आएको छ । कम्पनीले शुरुमा मध्यपश्चिम विकासक्षेत्रका १५ जिल्लाका २ सय ७३ गाविसलाई मोबाइल सेवा अनिवार्य रूपमा पु¥याउने शर्तसहित सेवा प्रारम्भ गरेको थियो । हेल्लो नेपालको अन्तरराष्ट्रिय गेटवे दाङमा रहेको छ । दोस्रो चरणको सेवाविस्तार भएको एक महिनाभित्र ६ लाख सेवाग्राही बनाउने कम्पनीको योजना थियो ।

नेपाल स्याटेलाइट कम्पनी सन् २००५ मा दर्ता भएको थियो । यसले सन् २००८ देखि मध्यपश्चिमबाट आफ्नो सेवा शुरु गरेको थियो । संचार नेपालको, पहिचान नेपालीको मूल नारा बनाएको यो कम्पनीका मालिक सुमार्गीको आर्थिक स्रोतमाथि बेला–बेला प्रश्न उठने गरेको छ । आफु सूचना तथा संचार मन्त्री भएका बेला महराले नेपाल स्याटेलाइट कम्पनीलाई सस्तो मुल्यमा लायसेन्स दिएको आरोप लागेको थियो । त्यसपछि महरा–सुमार्गी सम्बन्धलाई चासोको साथ हेरिएको थियो ।

संस्तो मुल्यमा लाइसेन्स दिएर राज्यलाई घाटा पुरराएको विषयमा अख्तियारले पत्र काटेर महरासँग सोधपुछ पनि गरेको थियो । स्रोतका अनुसार सस्तो मुल्यमा लाइसेन्सका लागि सुमार्गीले दवाव दिएका हुन् । अन्य सेवादायी कम्पनी भन्दा सस्तो मुल्यमा लाइसेन्स लिएको सुमार्गीमाथि आरोप छ । पहिला लाइसेन्स लिदा नेपाल स्याटेलाइट कम्पनीलाई अर्बौ रुपैयाँ कर छुट भएको थियो । मन्त्रीमाथि दवाव बनाएको विषयमा कम्पनीको प्रतिक्रिया भने आउन वाँकी छ । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्