Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आत्मारामप्रसाद फेरी फोरम नेपालमा

aatmaram-prasad-sahबारा । पूर्वसभासद् आत्मारामप्रसाद साहसहित करिब पाँच सय नेता कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपाल बारा जिल्ला कमिटीले सोमबार गंजभवानीपुरमा आयोजना गरेको एक कार्यक्रममा पूर्वसभासद् साहसहित कांगेस, एमाले, माओवादी केन्द्र लगायतका नेता कार्यकर्ता फोरममा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई माला र अबीर लगाई स्वागत गर्दै अध्यक्ष यादवले मधेशमा दुई प्रदेश र पूर्ण समानुपातिक समावेशिताको सुनिश्चितता नभएसम्म संविधान अधुरो रहेको र त्यसलाई मधेशी जनताले नमान्ने ठोकुवा गरे ।

पूर्वसभासद् साह यसअघि पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरम नेपालबाट समानुपातिकबाट सभासद् भएका थिए । हाल उनी जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियानमा गुप्ता पछि दोश्रो तहको नेता थिए ।

सरकारले मधेशी मोर्चासँग छलफल नै नगरी संविधान संशोधन विधेयक ल्याएको प्रति ईङगीत गर्दै यादवले भने, ‘प्रचण्ड ज्युलाई मधेशको अधिकार सुनिश्चित गर्न हामीले समर्थन गरेका हौं, तर उनले फेरि धोका दिए र आफ्नो मनजफ्ति विधेयक ल्याए ।’

प्रकाशित मिति: Dec 6, 2016

प्रतिक्रिया दिनुहोस्