Logo
७ बैशाख २०८१, शुक्रबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुर-महतो र गच्छदारहरुवीच पनि हुदैछ एकता तयारी !

madhesi-newsकाठमाण्डौ । सविधान संशोधनको गृहकार्य भइरहेकाबेला बिभिन्न राजनीतिक दलहरुबीच एकताप्रयास समेत तिब्र रुपमा सुरु भएको छ । फोरम नयाशक्ति बिच एकिकरण प्रयास चलिरहेकैबेला यता अन्य मधेशकेन्द्रित दलहरु बिच एकिकरण प्रयासको समेत चर्चा सुरु भएको छ ।

यतिबेला काठमाण्डौको राजनीतिक बजारमा महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, बिजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम त्यस्तै अनिल कुमार झा नेतृत्वको नेपाल सदभावना पार्टी सहित राजकिसोर यादव नेतृत्वको फोरम गणतान्त्रिकबिच एकता त्यारी सुरु भएको हो ।

यद्यपी यस्तो चर्चाको स्वतन्त्र पुष्टि भने भएको छैन, कुनै पाटीृका शिर्ष नेताहरुले यसबारे पुष्टि गरेका छैनन भने बजारमा गाईगुईकै अधारमा हामिले बोल्न नमिल्ने भन्दै अन्य दोस्रो एवं तेस्रो तहका नेताहरुले प्रतिकृया दिएका छन ।  यद्यपी नेसपा अध्यक्ष अनिलकुमार झाले भने पत्रकार वीरेन्द्र केएमको एउटा फेसबुक स्टाटसमा कमेन्ट गर्दे घुमाएर जवाफ दिएका छन । उनले कमेन्टमा लेलेका छ ‘वीरेन्द्र जी, सहयोग गर्ने-नगर्ने यहाँको इच्छा र विचार तर समाजमा भ्रम नफैलाऔं । समाजलाई निरास नगरौं । नहुने काम नगरौं, नजाने गाँउको बाटो नसोधौं । यहाँहरुको लेखनीले अर्थ राखोस् ।’

उता उपेन्द्र यादव नेतृत्वको सघिंय समाजवादी फोरम बाबुराम भटराईको नयाँशक्ति र शरदसिंह भण्डारीको रामसपा र महेन्द्रराय यादव नेतृत्वको तमसपाबीच एकता पक्रिया सुरु भएको कान्तिपुरमा समाचार छ । उक्त समाचार अनुसार गत वर्षदेखि सुरु भएको नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता प्रक्रियाले गति लिएको छ । शरतसिंह भण्डारी नेतृत्वको रामसपा र महेन्द्र यादव नेतृत्वको तमसपा पनि यो शृंखलामा जोडिने भएको छ ।

नयाँ शक्ति संयोजक  भट्टराई निकट स्रोतले भट्टराई, फोरम अध्यक्ष यादव, रामसपा अध्यक्ष भण्डारी र तमसपा अध्यक्ष महेन्द्र यादवसँग विभिन्न चरणमा कुराकानी भइरहेको जनाएको छ । भट्टराई र यादवबीच आइतबार बिहान पनि एकताबारे कुराकानी भएको थियो । ‘पार्टी एकताका लागि सैद्धान्तिक विषयवस्तुमा करिब सहमति भएको छ, संविधान संशोधन हुनुअघि एकता प्रक्रियाबारे धेरै चर्चा नगर्ने कुरा भएको छ,’ ती नेताले भने, ‘फोरम, रामसपा र तमसपाका नेताहरूले पहिले कार्यगत एकता गरेर अघि बढौं, राजनीतिक ध्रुवीकरण बढ्दै जाने प्रस्ट देखिएकाले उपयुक्त घडी हेरेर एकता गर्नुपर्छ भन्ने मोटामोटी समझदारी बनेको छ ।’ नयाँ शक्तिको सक्रियता बढदै गएका जिल्लाहरूमा माओवादी केन्द्रले कार्यक्रम बिथोल्ने प्रयास गरिरहेको भन्दै त्यसबारे पनि तीनै दलमा छलफल हुनुपर्ने कुरा उठेको ती नेताले बताए ।

नयाँ शक्ति संयोजक भट्टराईले यादव, भण्डारीसँगै तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादवसँग पनि सहकार्यको कुराकानी भइसकेको खुलाए । ‘आज बिहान पनि उपेन्द्रजीसँग भेटेर कुराकानी गरेको थिएँ, दीर्घकालीन रूपमा एकताको लक्ष्य राख्ने, तत्काललाई साझा इस्युमा सहकार्य गर्ने कुरा भएको छ,’ भट्टराईले भने, ‘महेन्द्रजी (यादव) को पार्टी तमसपा र गच्छदारजी (विजय) का केही साथीसँग पनि यसै सन्दर्भमा छलफल अघि बढिसकेको छ । मधेसका अरू साथीहरू पनि हामीसँग आउँदै हुनुहुन्छ ।’ एकताको तयारीकै क्रममा उनी सोमबार कपिलवस्तु जाँदैछन् ।

रामसपा अध्यक्ष शरतसिंह भण्डारीले तीन दलबीच पार्टी एकताका विषयमा कुराकानी भएको पुष्टि गरे । भैंसेपाटीस्थित निवासमा केही दिनअघि कुरा गर्दै भण्डारीले साझा मुद्दामा सहकार्य गर्नेबारे छलफल भइसकेको र एकताका विषयमा पनि कुराकानी चलेको बताए ।भण्डारीले मोर्चाबन्दी र एकताबारे उपयुक्त समय हेरेर अघि बढ्नेबारे भट्टराईसँग कुरा भएको खुलाए । ‘संविधान संशोधनमार्फत मधेसी जनजातिका माग सम्बोधन गर्नेबारे अहिले राजनीतिक तहमा छलफल चलिरहेको हुनाले उक्त प्रयास सफल नहुन्जेल यो विषयलाई धेरै अघि बढाउँदैनौं,’ उनले भने, ‘राजनीतिक समस्या एक चरण सुल्झिएर अघि बढेपछि हाम्रो सहकार्यको खाका आउनेछ । त्यसभन्दा अगाडि विषयवस्तुका आधारमा मोर्चाबन्दी हुनेछ ।’  फोरम अध्यक्ष यादवले भने हालसम्म पार्टी एकताबारे कुराकानी नभएको जिकिर गरे ।

भट्टराई र यादवले भेटे प्रधानमन्त्री
नयाँ शक्ति संयोजक भट्टराई र फोरम अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार भेट गरेका छन् । तीन नेताबीच संविधान संशोधन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । नयाँ शक्ति र फोरमबीच एकता चर्चा चलिरहेका बेला दुई नेताले प्रधानमन्त्री भेट्न एकसाथ जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्