Logo
१३ बैशाख २०८१, बिहीबार
(December 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधन बिधेयकमा सरकारले बैइमानी गर्यो : महतो

rajendra-mahatoटोमराज मेहता, इनरुवा, मङ्सिर १७ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बर्तमान सरकारले गरेको संविधान संशोधन बिधेयक दर्तामा आफुहरुसँग बैईमानी गरेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा सदभावना पार्टी सुनसरीको बिस्तारित बैठक सपथ ग्रहण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै महतोले संविधान संशोधन बिधेयक प्रस्ताव दर्तामा आफुहरुको कुनै पनि माँगलाई सम्वोधन नगरेको बताउँदै बर्तमान सरकारले मधेशी मोर्चासँग बैइमानी गरेको बताए ।

सदभावना पार्टीका केन्द्रिय अध्यक्ष महतोले सरकारले गरेको संविधान संशोधन बिधेयक दर्ता कुनै पनि हालतमा आफनो मोर्चाले स्वीकार नगर्ने बताउँदै अब पनि आफुहरुसँग सरसल्लाह र सुभाव नलिए आन्दोलन गर्ने चेतावनी समेत दिए । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादीले आफुुहरुलाई माँग सम्वोधन गर्ने आश्वासन दिएपनि संविधान संशोधन बिधेयक दर्तामा मधेशी मोर्चाले उठाएको कुनै पनि माँगलाई सम्वोधन नगरीकन संसदमा दर्ता गरी आफुहरुलाई भुलाउन खोजेको समेत बताए ।

मधेशी मोर्चाले उठाएको मधेशको माँगप्रति सरकार सकारत्मक नरहेकोले बैइमानी नियत राखी आफुहरुलाई ठगेको आरोप लगाउँदै केन्द्रिय अध्यक्ष महतोले सरकारले आफुहरुको माँग सम्वोधन नगरे मधेशमा स्थानीय निकायको चुनाव गर्न नदिन पनि सरकारलाई चेतावनी दिए । सबभन्दा बढी नेकपा एमालेका नेताहरुले मधेशको माँग प्रति बिरोध जनाउँदै गरेकोले एमाले महाबैइमान र नेपाली काँग्रेस तथा माओवादी बैइमान भएको बताए । मधेशको माँगलाई यी दलहरुले संविधान संशोधन बिधेयक दर्तामा पनि उल्लेख नगरेको र एमाले बिरोध जनाउँदै गरेको अवस्थामा बर्तमान सरकारले पनि आफुहरुलाई ठगेको स्पष्ट पार्दै यिनीहरु बैइमान भएको महतोको कथन थियो ।

नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीमा आवद्ध रहेका मधेशी नेता, कार्यकर्ता र सभासदहरुले आ आफनो पार्टीमा मधेशको माँगमा बैइमानी गरेकोले अब आफुहरु पार्टी परित्याग गर्ने होडबाजी मधेशी नेताहरुले थालनी गरें मात्र सरकारले मधेशको माँगलाई सम्वोधन गर्ने उनले तर्क दिदैं मधेशीको हक अधिकार सुनिश्चित गर्ने तर्फ अग्रसर हुने र मोर्चाले उठाएको माँग पुरा हुन सक्ने बिश्वास ब्यक्त गरेका छन् ।

मधेशी जनतालाई लडाई लडनका लागी तयार रहन समेत निर्देशन दिदैं आन्दोलन सुनसरीबाटै नै सुरु गर्ने नेता तथा कार्यकर्ताहरुलाई तैयारी अवस्थामा रहन आग्रह समेत गरेका छन् । जिल्ला बिस्तारित बैठक सपथ ग्रहण तथा पार्टी प्रवेश कार्यक्रममा महतोले नव निर्वाचित जिल्लाका ३१ जना पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । महतोले नेता तथा कार्यकर्ताहरु प्रशिक्षण दिदैं अबका दिनमा पार्टीको कामकाज गर्न, संगठन बलियो बनाउन सबैले आ आफनो ठाउँबाट अहम भुमिका खेल्न र क्षेत्रिय र जिल्ला अधिवेशन गर्न समेत निर्देशन दिएका छन् ।

सदभावना पार्टीका नेताहरुले जनताको काम नयाँ जोस र उमङ्गका साथ गुर्नपर्ने र संगठनलाई बिस्तार गरी जनतको मन जित्न सक्ने बातावरण बनाउन र जनताको समस्या समाधान गर्न गाउँ देखी शहर सम्म नेताहरु हरेक क्षेत्रमा भुमिका खेल्नुपर्ने केन्द्रिय अध्यक्ष महतोले जोड दिएका थिए ।

बिभिन्न पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी सदभावना पार्टीमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई महतोले फुल माला लगाई स्वागत गरीएको थियो ।

प्रकाशित मिति: Dec 2, 2016

प्रतिक्रिया दिनुहोस्