Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रस्ताव दर्ता पछि मधेसी मोर्चाको बैठक अनिर्णित

madeshi-morchaकाठमाडौँ । सरकारले व्यवस्थापिका संसद्मा संशोधन प्रस्ताव दर्ता गरेपछि त्यसबारे धारणा तय गर्न बस्ने भनिएको संघीय लोकतान्त्रिक मधेसी मोर्चाको बैठक अनिर्णित बनेको छ ।   राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले दिएको जानकारी अनुसार बैठक आज ३ बजे तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्ने बताए पनि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आज बैठक बस्नेबारे जानकारी नभएको बताए ।

यादवका प्रेस सहयोगी महेश चौरसियाले दिएको जानकारी अनुसार अध्यक्ष यादवले आफूलाई बैठकबारे कुनै जानकारी नभएको जानकारी दिएका छन् । अन्य पार्टीका शीर्ष नेताहरु काठमाडौँ बाहिर रहेको र उनीहरु आएपछि मात्र ठोस निर्णय गर्ने गरी बैठक बस्ने चौरसियाले जानकारी दिए ।

सरकार गठनका क्रममा मोर्चासँग भएको ३ बुँदे सम्झौता अनुसार कांग्रेस–माओवादी सरकारले मंगलबार साँझ संशोधन प्रस्ताव दर्ता गरेको छ । यसअघि संघीय गठबन्धनको बैठकले भने सरकारले मोर्चाले दिएको १५ दिने अल्टिमेटमभित्र सरकारले संशोधन प्रस्ताव दर्ता नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । अल्टिमेटम सकिएको भोलिपल्टै सरकारले संशोधन प्रस्ताव दर्ता गरेको हो ।

प्रकाशित मिति: Nov 30, 2016

प्रतिक्रिया दिनुहोस्