Logo
८ बैशाख २०८१, शनिबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोले भने- ‘मधेशी दललाई युद्ध गर्न बाध्य बनाइँदै छ’ 

rajendra-mahatoनवलपरासी । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संंविधान संसोधनको प्रस्ताव दर्ता गराउन आलटाल गरेर शीर्ष दलहरुले बेइमानी गरेको आरोप लगाउँदै त्यसविरुद्व आफूहरु युद्ध समेत गर्न तयार रहेको चेतावनी दिएका छन् । शीर्ष दलले थरुहट तथा मधेशी जनताहरुको अधिकार समाप्त गर्न खोजेको आरोप लगाउदै महतोले १० वर्षको उपलब्धीहरुलाई नष्ट गर्न खोजेको समेत बताए ।

नवलपरासीको सदरमुकाम परासीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले संघीय गठबन्धनले दिएको अल्टिमेटम सकिएको र अबपनि संविधान संसोधनको प्रस्ताव दर्ता नगराए ‘हामी अधिकारको लागि युद्ध गछौं’ भने । संविधान संसोधन प्रस्ताव दर्ता नै नगराईकन विभिन्न दलहरुको समर्थन खोज्दा सत्तापक्षले मोर्चासंग नौटंकी गरिरहेको पुष्टि भएको उनको भनाई छ ।

शीर्षदलले संविधान संसोधन नगरि संविधान नै असफल बनाउन खोजेको दाबी समेत उनले गरे । संविधान संसोधनको लागि मधेसी दलको बहानामा एमाले, कांग्रेस र माओवादीले राज गर्न खोजेका छन् भन्दै महतोले भने, ‘ देशमा यति धेरै आन्दोल के–को लागि गरियो ? माओवादीले जनयुद्ध के को लागि गर्यो ? मधेश आन्दोलन भयो के–को लागि ? त्यो संघियताको लागि होइन त ?’

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्