Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अल्टिमेटम’ राजनीतिले मधेसी मोर्चामा नयाँ विवाद

Madheshi Lider

काठमाडौं  । संविधान संशोधन सुरु गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको विषमा मधेसी मोर्चामा विवाद उत्पन्न भएको छ ।मोर्चासहितको संघीय गठबन्धले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मणपत्र बुझाउँदै १५ दिनभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउन ‘अल्टिमेटम’ दिएको थियो ।

मोर्चा आवद्ध घटकका केही नेताले संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूखुसी स्मणपत्रमा १५ दिनको समयसीमा राखेको भन्दै असन्तुष्टि जनाएका छन् । स्मरणपत्रमा १५ दिनको समयसीमा राख्नु आवश्यक नभएको भन्दै असन्तुष्ट नेताले बताएका छन् ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारलाई बुझाएको स्मरणपत्रमा आफूलाई थाह नदिई १५ दिनकोृ अल्टिमेटम राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले यसबारे संघीय समाजवादी फोरम अध्यक्ष यादवले जवाफ दिनुपर्ने बताए । नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: Nov 16, 2016

प्रतिक्रिया दिनुहोस्