Logo
११ बैशाख २०८१, मंगलबार
(October 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतो भन्छन ‘संविधान संसोधन भए कार्यान्वयनमा सघाउछौं’

rajendra-mahto

टोमराज मेहता, सुनसरी । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन गरेर कार्यान्वयन गरिनुपर्ने बताएका छन् । उनले छठ पर्वसम्म संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्नुपर्ने नत्र मधेसी मोर्चाले आन्दोलन चर्काउने चेतावनी दिए। उनले संविधान संसोधन गरेर कार्यान्वयन नभएमा जनताको योगदानबाट प्राप्त उपलब्धि गुम्ने बताए।

‘नेपाली जनताको योगदानबाट प्राप्त उपलब्धी कसैले पनि गुम्न दिनुहुँदैन,’ सुुनसरीको इनरुवामा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष महतोले भने, ‘यसका लागि मुख्य दलहरु सचेत हुनुपर्छ ।’ ‘छठसम्ममा संविधान संशोधनका लागि संसदमा प्रस्ताव लानुपर्छ,’ महतोले भने, ‘प्रदेशको सीमांकनको विवादलाई संविधान संसोधनमार्फत चाँडो टुंग्याउनुपर्छ।’

उनले पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली तथा कञ्चनपुर नै सीमांकनको विवादको बिषय भएको जनाए ।  ‘पाँच जिल्लाका जनताले जुन प्रदेशमा बस्न रुचाउँछन् त्यसलाई स्वीकार गर्नुपर्छ,’ महतोले भने। उनले पूर्वका तीन जिल्लाका मधेसी जनता, कैलाली र कञ्चनपुरका जनतालाई अखण्ड वा थरुहट कुनमा बस्ने निर्णय गर्छन् त्यसैमा राख्नुपर्ने बताए ।

‘पूर्वका तीन जिल्लाका तराई र कैलाली तथा कञ्चनपुरका जनताले गरेको निर्णय मान्नुपर्छ,’ उनले भने, ‘जसलाई मार्का परेको छ। उसैलाई सोध्नुप¥र्यो नि ?’ उनले अहिलेको सरकारले पनि एकपछि अर्को मुद्दा झिकेर आलटाल गर्र्दै आएकोमा दुःखेसो गरे ।

‘केपी ओली नेतृत्वको सरकार विदाई गरेर पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाउँदा तीन बुँदे सहमति गर्दा केही आशा जागेको थियो । तर, अहिलेसम्म अनेक आलटाल गरेर लड्काएर राखेको छ,’ उनले भने, ‘संविधान संसोधन गरेर कार्यान्वयनतर्फ लाग्नुपर्छ।’

प्रकाशित मिति: Oct 29, 2016

प्रतिक्रिया दिनुहोस्