Logo
११ बैशाख २०८१, मंगलबार
(October 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतो भन्छन ‘मधेशको सम्वोधन नभए सबै उपलब्धि गुम्ने’

rajendra-mahto-in-sarlahi

सर्लाही । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान कार्यान्वयन मुलुकको प्रमुख चुनौती रहेको बताएका छन् । संविधान कार्यन्वयन नभए हालसम्म प्राप्त सबै उपलब्धि गुम्ने खतरा उनले औंल्याए । संविधान कार्यान्यनका लागि सम्पूर्ण नेपाली जनताका लागि स्वीकार्य हुनुपर्ने र त्यसका लागि संशोधन आवश्यक रहेको उनले बताए ।

सर्लाहीको हरिपुरमा आयोजित वर्गीय मन्चको आयोजित क्षेत्रीय अधिवेशन उद्घाटनका लागि आएका महतोले सञ्चारकर्मीसँग कुरा गर्दै संविधान संशोधन नभइ दुनियाँको कुनै शक्तिले पनि कार्यान्वयन गर्न नसक्ने ठोकुवा गरे ।‘संविधान संशोधन मधेसी, थारु, मुस्लिम, जनजाती, दलितको मात्र नभई मुलुकको आवश्यकता हो,’ उनले भने, ‘संविधान कार्यन्वयनA नभए आन्दोलनको सम्पूर्ण उपलब्धि गुम्छ, कार्यान्यनको लागि संशोधन अपरिहार्य छ ।’

उनले संविधान संशोधन नगरि कार्यान्यन गर्नुपर्छ भन्ने पार्टी लोकतन्त्र विरोधी भएको आरोप लगाए । वर्तमान सरकार संविधान संशोधनका लागि नै गठन भएको उल्लेख गर्दै तोकिएको काम नगरे सरकार गठनको औचित्य नै समाप्त हुने बताए । संविधान कार्यान्वयन र मोर्चासँग भएको ३ बुँदे सम्झौता पालना वर्तमान सरकारको दायित्व भएको महतोले बताए । उनले वर्तमान सरकार गठनअघि लिखित सम्झौता भएको तोकिएको काम गर्नेमा आफूहरु आशावादी रहेको बताए । वर्तमान सरकारप्रति महतो नरम रुपमा प्रस्तुत भएका थिए ।

प्रकाशित मिति: Oct 21, 2016

प्रतिक्रिया दिनुहोस्