Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई मोर्चाको चेतावनीः ‘तिहारपछि आन्दोलनमा जान्छौं’

congress-mao-madheshi

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तिहारसम्म संविधान संशोधन विधेयक दर्ता नभए आन्दोलनमा जाने चेतावनी  दिएको छ ।  सोमबार दिउँसो प्रधानमन्त्रीसँग भेटेर मधेशी मोर्चाका शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई उक्त चेतावनी दिएको हो । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले भेटेर तिहारसम्म संसदमा संशोधन विधेयक दर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

भेटघाटमा प्रधानमन्त्रीले सरकार संविधान संशोधनका लागि तीव्र रुपमा लागिपरेको बताए । मोर्चाको चेतावनीपछि प्रधानमन्त्रीले जसरी पनि तिहारसम्म संशोधन विधेयक दर्ता गराउने आश्वासन दिए । प्रधानमन्त्रीले मधेश आन्दोलनका क्रममा लागेका सामान्य मुद्दा तत्कालै फिर्ता हुने प्रक्रिया सुरु भएको र अदालतमा रहेको मुद्दा अदालती प्रक्रियाबाट मिलाउन काम भइरहेको बताए । प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग दिउँसो ३ बजेदेखि पाँच बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् ।

प्रकाशित मिति: Oct 4, 2016

प्रतिक्रिया दिनुहोस्