Logo
१५ बैशाख २०८१, शनिबार
(October 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अब मोर्चा लामो समयसम्म पर्खिने स्थिति छैन’

Anil Jha News

रौतहट । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संविधान संशोधन विधेयक दर्ता गर्न ढिलाई भइरहेको भन्दै मधेशी मोर्चा अब लामो समयसम्म पर्खने स्थिति नरहेको बताएका छन् । सोमबार रौतहटमा आयोजित बडादशैंको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष झाले सो कुरा बताएका छन् ।

मधेशी मोर्चाका नेतासमेत रहेका झाले मधेशीको माग सम्बोधन गर्ने शर्तमा मोर्चाले प्रचण्ड सरकारलाई समर्थन गरेको प्रष्ट्याए । मोर्चाको माग सम्बोधन नगरिए मोर्चाले अब लामो समयसम्म नपर्खने र बाध्य भएर समर्थन फिर्ता लिई पुनः आन्दोलनमा जाने स्थिति आउनसक्ने चेतावनीसमेत दिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु नेसपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा सांसद डा. डिम्पल कुमारी झा, महासचिव श्रीमन नारायण, केन्द्रीय सदस्य शंकर राय यादव, जिल्ला अध्यक्ष मनोज गिरी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Oct 4, 2016

प्रतिक्रिया दिनुहोस्