Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहस्य बन्दै व्रिफकेस प्रकरण: ‘आइसी कहाँबाट आयो ?’

mahanta-thakur

काठमाण्डौ । तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरमा छोरी मिनाक्षी ठाकुरको आँखामा खुर्सानीको धुलो छर्दै गर्धनमा खुकुरी तेस्राएर ब्रिफकेस चोरी भयो र यो घटनाक्रमले निकै चर्चा पनि पायो। तर त्यो ब्रिफकेसमा के थियो त्यस्तो ? कतै पैसाले नै भरिएको थियो कि त्यो ब्रिफकेस ? यतिबेला चौतर्फी चासोको विषय बनेको छ ।

फेरि चोरी पनि कस्तो, ब्रिफकेस मात्र, घटना अझै रहस्यमय रहेको छ । त्यसो त दुई अभियूक्त भनिएको जना रञ्जित गुप्ता र प्रचण्डप्रताप सिंह पक्राउ परेका छन । उनीहरुले दिएको बयानअनुसार व्रिफकेस लगेको हो, पैसा छ भन्ने थाहा थियो र बाँडेर लिने सहमतिमा लुटेको हो । उनका अनुसार व्रिफकेसमा मोटो आइसी रकमको लोभमा विर्फ्केस लुटिएको थियो ।

यता, प्रहरी स्रोत भन्छन् ‘एसपी सहकुल थापाले विर्फ्केसमा मोटो भारु पैसा कहाँबाट आयो भनी प्रश्न गर्दा महन्थ ठाकुर बोलेनन् ।’ यसरी खुलासा भइसक्दा पनि पीडितपक्ष स्पष्ट बोल्दैन, लुटेरा पक्राउ परे, बयान पनि दिए । तर ठाकुरको स्पष्ट धारणा आएनन । प्रहरी भन्छन ‘त्यो ब्रिफकेसमा भारु पैसा थियो तर त्यो भारु आयो कहाँबाट र के प्रयोजनका लागि यो पनि खोजीको विषय हो ।’

सरकारको सहयोगी दल भएका कारण प्रहरी अनुसन्धानको सतहमै अल्मलिइरहेको छ । आइसीको स्रोत खोज्ने हो भने लहरो तान्दा पहरो गर्जन्छ भन्छन् ति प्रहरी अधिकारी ।

तमलोपाको भनाइ अर्कैः

उता, तमलोपा युवा नेता तथा प्रवक्ता कृष्णा सिंहले उक्त ब्रिर्फ्केस पैसाको लोभमा लुटिएपनि त्यस्मा धेरै रकम नभइ पार्टीको दास्तावेज र केही बिलहरु रहेको थियो । सिंहले भने “पक्राउ परेका रंजित पहिला ठाकुर जीको ड्राइभर समेत थिए, ठाकुरजीको नाममा निकै पैसाहरु उठाउने कार्यहरु गरेकारहेछन, जसकारण हामीले उनलाई जागीरबाट हटाइएका थियौं। तर उनी चोर लुटेरा बनेर प्रस्तूत भएछन, सायद मोटो रकमको लोभमा ब्रिफकेस चोरेछ्न होला तर त्यसमा खासै रकम थिएन, बरु हामिलाइ त्यसमा रहेको दास्तावेजबारे चासो छ ।”

प्रकाशित मिति: Sep 29, 2016

प्रतिक्रिया दिनुहोस्