Logo
१२ बैशाख २०८१, बुधबार
(September 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदरसाको ब्यवस्थापन समिति गठनमा दुई पक्षवीच कुटाकुट

madrasa-news
सुनसरी । भोक्राहाको जामिया इस्लामियाँ मदरसाको ब्यवस्थापन समिति गठनको विषयलाई लिएर दुई पक्षवीच कुटाकुट भएको छ । पूर्व सहमति अनुसार शनिवार भएको भेलाले हनिफ अन्सारीको नेतृत्वमा रहेको ब्यवस्थापन समिति विघठन गरेर नयाँ ब्यवस्थापन समिति गठनकोलागि नाम संकलन गर्ने क्रमसँगै दुई पक्षवीच विवाद सुरु भएको थियो ।

विवाद बढ्ने स्थिति उत्पन्न भएपछि नेपाली काग्रेसका नेता समेत रहेका स्थानीय अजमल आजाद समूह मदरसाबाट बाहिरिएको थियो । मदरसामा उत्पन्न विवादलाई लिएर पछि भोक्राहा चौकमा गएर दुई पक्षवीच कुटाकुट भएको थियो । आजादकाले भने,‘ पुुरानो ब्यवस्थापन समिति गठन गरेर नयाँ ब्यवस्थापन समिति गठनकोलागि नाम संकलन गर्ने क्रमदेखिनै विवाद सुरु भएको थियो । पुरानो ब्यवस्थापन समितिका समर्थकहरुले हामीमाथि आक्रोस पोख्न थालेका थिए । त्यसपछि हामी भोली समिति गठन गरौला भनेर बाहिरियौ । तर उनीहरुले बाहिर आएपछि चौकमा आएर हामीमाथि आक्रमण गरे ।’

उनले भोक्राहा चौकमा चिया पिईरहेको बेला बिघठित ब्यवस्थापन समितिका अध्यक्ष हनिफ अन्सारीका छोरा हारुन अन्सारी र जावेद आलमसहितको समूहले दाउराले यीनीहरु नै हुन मदरसामा भाँडभैलो गर्ने भन्दै आक्रमण गरेको बताए । आजादले सो क्रममा उनीहरुको आक्रमणबाट भाई अकमल हुसैन घाईते भएको र आफूलाई आक्रमण गर्ने क्रममा शसस्त्र प्रहरीहरुले देखेर बचाएको बताए । शसस्त्र प्रहरीले नै आक्रमणको आरोप लागेका हारुन अन्सारीलाई नियन्त्रणमा लिएको थियो ।

अन्सारीलाई अहिले जिल्ला प्रहरी कार्यालय सुनसरीले आफ्नो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक पोषराज पोखरेलले भोक्राहा चौकमा भएको झगडा जामिया इस्लामियाँ मदरसाको ब्यवस्थापन समिति गठनको विषयलाई लिएन नभई अर्कै घटना भएको भन्दै घटनामा कोही घाईते नभएको बताए ।

प्रकाशित मिति: Sep 25, 2016

प्रतिक्रिया दिनुहोस्