Logo
१३ बैशाख २०८१, बिहीबार
(September 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाज सेवाका लागि राजनीति: उज्वल थापा, अध्यक्ष, बिबेकशील नेपाली दल

img_3914विजय थापा,वाशिंगटन डिसी l नेपालबाट बिशेष कार्यक्रम लिएर अमेरिका आई पुगेका बिबेकशील नेपाली दलका प्रतिनिधिहरुले डीसी बासि संग अन्तरक्रिया कार्यक्रम गरेका छन् l

कार्यक्रममा दलका अध्यक्ष उज्वल थापाले राजनीति समाज सेवाको लागि भन्दै राजनीति फोहरी खेल मात्र हैन भन्ने विचार राखे l उनले राजनीति भनेको उत्कृष्ट समाज पनि हो भन्दै नीति मात्र हैन नियति पनि राम्रो हुनु पर्छ भन्दै आफ्ना विचार थपे l

उनले कार्यक्रममा आफ्नो दलको स्थापना बारेमा चर्चा गर्दै कसरि हामी दलमा परिणत भयौ भन्दै पछिल्लो निर्वाचनमा आफु अनि दलको तर्फ बाट प्रत्यासी बनेको चर्चा गरे l आफुले केवल एक हजार भन्दा अलिक बढ्ता मत प्राप्त गरेको समेत खुलाशा गरे l आफ्नो त्यो पहिलो अनुभव रहेको बताए l

आफ्नो कुरा राख्ने क्रममा २० बर्ष अगाडी ,१९९६ मा अमेरिका आएर बैज्ञानिक बन्न आएको मान्छे ठिक ५ बर्ष बसेर अर्कै बिषय पढेर नेपाल फर्केको बताए l नेपाल फर्के पछि उद्यमी भै काम गरेको र त्यसलाई वृद्धि गर्न पनि सफल भएको तर नेपाल बन्दले निकै चुनौती खेपेको बताए l

नेपाल सदैब बन्द हुने भएकोले यो संस्कारलाई बन्द गर्नु पर्छ भने यसको बिरुद्धमा लागेको बताए l थापाले अगाडी भने नेपालको राजनीतिक बेथीति को संस्कारलाई अन्त्य गर्नु पर्छ भनि बिबेकशील नेपाली दल बन्न पुगेको बताए l

आफ्नै कालमा देशलाई शान्त र समृद्ध बनाउने लक्ष्य सहित आफ्ना अनुभव आदनप्रदानका साथै भबिष्यमा कसरी नेपाललाई विश्वकै केन्द्रविन्दुमा पुर्याउन सकिन्छ भन्ने बिदेशमा रहेका नेपाली समुदाय संग पनि उचित सुझाव लिन चाहेको बताए l

यसै गरि दलकी प्रमुख कार्यकारी अधिकारी अनुशा थापा (बिद्या वारिधि)ले दलले कसरि काम गर्छ ? दलको पारदर्शिता तथा निर्वाचन जित्ने तिन टि हरुमा टार्गेट ,टिम टुल (लक्ष्य ,समुह तथा साधन  ) आदि तथा अन्य बिषयको बारेमा चर्चा गरिन l

कार्यक्रममा म्यारिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उपप्रमुख किरण सिटौलाले बिबेकशील नेपाली दलका उज्वल थापा तथा अनुशा थापाको परिचय गराएका थिए l

कार्यक्रममा सहभागीहरुले जिज्ञाशा पनि राखेका थिए भने कार्यक्रम डिसी नजिक भर्जिनियाको पुस्तकालयमा सम्पन्न भंएको थियो l सोहि पुस्तकालयमा कार्यक्रम सुरु हुनु अगाडी वाशिंगटन नेपाल फोरमले पनि बिबेकशील नेपाली दल संग छोटो अन्तरक्रिया कार्यक्रम राखेको थियो l

प्रकाशित मिति: Sep 25, 2016

प्रतिक्रिया दिनुहोस्