Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो दिक्कलाग्दो राजनीति खिचातानीको कैहिले हुने अन्त्य ?

abish-adhikariअविश अधिकारी ।

नेपाल बहुजाती, बहु–धार्मिक, बहु–सास्कृतिक देश हो यसमा कसैको दुई मत छैन । जलस्रोतमा विश्वको दोश्रो ठुलो देश पनि नेपाल नै हो । गौतम बुद्द तथा भृकुटीको देश एव विश्वको सबै भन्दा अग्लो शिखर सगरमाथा पनि यहि छ । दर्जनौ राष्ट्रिय सम्पति विश्व सम्पदा सुचीमा सुचीकृत छन् । हिमालय पर्वत देखी पहाड र समथल भू–भाग पनि यहि छन् । राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र एव शिकार आरक्ष पनि यहि छन । मन्दीर नै मन्दीरको शहर काठमाण्डौ पनि यही छ यस्तो प्राकृतिक एब इश्वरीय बरदान युक्त देशको अर्थतन्त्र निकै नाजुक छ ।
विश्वको सबै भन्दा राजनिति सायद बडि नेपालमै हुन्छ तर सहि राजनिति हैन । यहाँ त राजनितिक खिचातानी छ राजनिति जनतामाथि गरिएको छ । जनतालाई छलकपड गरिएको छ सदै जनतालाई उल्लु बनाउने काम गरिएको छ । तर अन्य देशमा राष्ट्रिय हितहुने खालका मुद्दामाथि राजनिति कहिल्य हुदैन नेपालमा त ठिक विपरीत छ यहाँ त आफ्ना छोरा छोरीलाई पहिले बनाउछन अनि नाताबाद र कृपाबाद तिर लाग्छन बाह्य मुलुकमा यस्तो हुदैन त्यहाँ त अन्तर देशिय राजनिति हुन्छ र पो विकास भएको छ । अनि हामी सोझा जनता अरुको देख्छौ नेताको भर पर्छौ अनि महत्वकाक्षी सपना देख्न सुरु गछौ यसैले नेपालमा विकास हुन सकिको छैन ।

दिक्क लाग्दो राजनिति अहिले त राजनितिको नाम सुन्दा पनि घृणा जागेर आउछ जहाँ जाउ राजनितिक पहुच हुनु पर्ने । स्कूल, कलेज, कम्पनी, फ्याक्ट्री, सामाजिक संस्था जस्तो अति संवेदनशिल निकायमा राजनिति भएको देख्दा अचम्म लाग्छ । यति मात्र होर जागीर खादा राजनिति, कलेज भर्ना हुदा राजनिति, सरकारी काम गर्न गयो त्यहाँ पनि राजनिति यस्तो अवस्था छ नेपालको अनि हामी विकास–विकास भन्दै हिड्छौ कहाँ र कसरी हुन्छ विकास ? प्रश्न गम्भीर छ । जब सम्म राजनितिक भर्ति, राजनितिक सिफारीस, राजनितिक चलखेल अन्त्य हुन्न तव सम्म विकासको कल्पना नै नगर्दा हुन्छ ।

लाजमर्दो अवस्था छ यहाँ प्रत्येक पार्टीका आफ्ना आफ्नै मिडिया छन एकको काम राम्रो होस या नराम्रो होस त्यसलाई अर्कोले विरोध गर्ने र उचाल्ने अनि बजार्ने सस्कारको बृद्दि भएको छ यो तुरुन्त हट्न जरुरी छ । अन्य देशमा हेरौत कस्तो मेजुरीटी छ आन्तरीक मामीलामा कुनै मिडियाले हस्तक्षेप गदैनन् र आन्तरीक सुचना कहिल्य पनि अन्य दोश्रो देशलाई लिग गदैनन् तव पो देश मजबुद भएका छन यहाँ त ठिक विपरीत छ अनि हेप्दैनन त छिमेकी देशले ? अनि हामी अरु राष्ट्र र छिमेकीलाई दोष थुपार्न खप्पीस छौ । खै कुरा बुझेको हामीले । यदि देशको भलो नै चाहान्छौ भने राष्ट्रिय हितमा मिडियाको हस्तक्षेप पुर्ण भूमिका बन्द हुनु पर्छ ।

अझ अचम्म लाग्दो कुरा त के छ भने विश्वका धेरै देशमा प्रतिपक्ष पार्टी छन प्रतिपक्षको भूमिका के हो त्यो नेपाली पार्टीहरु कुनैलाई प्रस्ट जानकारी नै छैन । प्रतिपक्षको भूमिका भनेको त देश हित विपरीत सरकारले कुनै पनि निर्णय ग¥यो यदि भने त्यसको विरोध गर्ने हो यहाँ त त्यस्तो सस्कार नै छैन प्रतिपक्षमा भएपछि जे जुन र राष्ट्रिय हित हुने खालका जुनसुकै निर्णयलाई पनि विरोध गर्ने बानी नै बसेको छ नेपाली राजनितिमा यो सस्कार पनि हट्नु पर्ने देखेको छु । यदि हट्यो भने यसले पनि राष्ट्रिय हित र विकासमा सहयोग पुग्ने देख्दछु ।

नेपालमा यदि विकास नै गर्नै हो भने जो महेन्द्र राजाको रुप धारणा गरेर आउन सक्छ र उनका निति तथा सिद्दान्त एव छिमेकी माथिको समानान्तर सम्बन्ध स्थापित गर्न सक्छ र देशमा रहेको स्रोत साधन एव प्रविधि परिचालन गरी राजनितिक खिचातानीको अन्य, शुसाशनको ब्यवस्था एव भ्रष्टचारलाई न्यूनिकरण गर्न सक्छ तव विकास सम्भव छ हैन भने अस्थीर सरकार र राजनितिक अस्थिरताले विकास हैन झन देशको राष्ट्र, राष्ट्रियत धरापमा रहन्छ । सिंगो मुलुक नै अस्थीरता तर्फ लम्कन्छ ।

प्रकाशित मिति: Sep 24, 2016

प्रतिक्रिया दिनुहोस्