Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस आन्दोलनका घाइते उपचार बापत १ करोड ४० लाख

prachanda-cabinet1

काठमाडौं, ६ असोज । सरकारले मधेस आन्दोलनका क्रममा घाइते भएकाको उपचारमा लागेको खर्च मधेसी मोर्चाले पेश गरेको बिलका आधारमा निकासी गर्ने निर्णय गरेको छ ।

मन्त्री परिषदको बिहीबार बसेको बैठकले मधेसी मोर्चाले पेश गरेको बिलको आधारमा १ करोड ४० लाख रुपैयाँ निकासी गर्ने निर्णय भएको सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल टेलिकमको कार्यकारी निर्देशकमा कामीनी राजभण्डारीलाई नियुक्त गरेको छ । सञ्चारमन्त्री कार्कीका अनुसार सरकारले मुक्त हलियाको पुनस्थापना आगामी दुई वर्षभित्र गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: Sep 23, 2016

प्रतिक्रिया दिनुहोस्