Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय तस्करले नेपाली प्रहरीलाइ नै फसायो

brg-news

बीरगन्ज । असोज सिमावर्ती शहर रक्सौलबाट दुइ जना नेपाली प्रहरीलाइ भारतीय सशस्त्र सिमाबल एसएसबिले आफ्नो नियन्त्रणमा लिएको छ । रक्सौलबाट बीरगन्ज तर्फ मोटरसाइकलमा आइरहेको अवस्थामा मगंलबार साझ पर्साको अमरपटी चौकिमा कार्यरत दुबै जनालाइ नियन्त्रयमा लिएको हो ।

चेकजांचको क्रममा मोटरसाइकलबाट लागु पदार्थ जस्तो समान बरामद भएको कारण अमरपटी चौकीका इन्चार्ज सहायक निरिक्षक प्रमोद प्रसाद साह र हवल्दार जयसी लाल प्रसादलाइ नियन्त्रमा लिइएको एसएसबिपंटोका पोस्टका इंचार्ज दीपक कुमार यादवले बताए । बरामद बस्तु नकली भएको र स्थानिय एक तस्करको गलत खबरको कारण दुबै जनालाइ पक्राउ गरिएको खुलासा भए पछि राती नै छाडिएको इंचार्ज यादवको भनाइ रहेको छ ।

स्थानिय कारोबारी प्रमेश्वर प्रसाद भन्ने व्यक्तिले टिभि उपहार दिने बहानामा बोलाएर फसाएको अनुशन्धानबाट खुलेपछि दुबैजनालाइ छाडिएको भारतीय प्रहरीको भनाइ रहेको छ । पक्राउ परेका प्रहरी सहायक निरिक्षक प्रमोद प्रसाद साहले कारोबारी रामेश्वर प्रसादको तस्करीको समान बरामद गरि कार्यवाहि गरेकोले टिभि उपहार दिने बहानामा फसाउन षडयन्त्र गरिएको भारतीय प्रहरीको भनाइ रहको छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठसगं बुझदा घटनाकोबारेमा अनभिज्ञता व्यक्तगर्दै आफना सबै प्रहरी पर्सामै रहेको बताउनु भयो ।

प्रकाशित मिति: Sep 22, 2016

प्रतिक्रिया दिनुहोस्