Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरक्षण लागू नभएपछि मधेशीले गरे IOM मा तालाबन्दी

madheshi

काठमाडौं २ असोज । सर्वोच्च अदालतले चिकित्सा शिक्षामा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार आरक्षण लागू गर्न दिएको निर्देशनात्मक आदेशलाई उल्लंघन गरेको भन्दै संयुक्त मधेशी विद्यार्थी मोर्चाले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

संयुक्त मधेशी विद्यार्थी मोर्चाले आइतबार आईओएममा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो । सर्वोच्च अदालतले यसै शैक्षिक सत्रदेखि चिकित्सा शास्त्रमा समानुपातिक समावेशिताको आधारमा आरक्षण लागू गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

मधेशी विद्यार्थी मोर्चाले यसै वर्षदेखि समानुपातिक समावेशीको आधारमा आरक्षण लागू गर्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति: Sep 19, 2016

प्रतिक्रिया दिनुहोस्