Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री दाहाललाई भारतमै पक्राउ गरी कारवाही गर्न माग !

modi-1-1-570x730

काठमाण्डौ । तेस्रो मधेश आन्दोलनको क्रममा नेपाल सरकारले ५० जनाभन्दा बढी मधेशीहरुको हत्या गरेको भन्दै भारत भ्रमणमा गईरहेका नेपाली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ । मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन बमोजिम मानव अधिकार हनन्को घटनामा दोषी देखिएका नेपालका प्रधानमन्त्रीलाई पक्राउ गरी कारवाही गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वभरीका १४ वटा प्रमुख निकायलाई पत्राचार गरिएको छ  ।

भारतमा रहेका मधेशी थारुहरुको छाता संगठन युनाईटेड मधेशीले ती निकायहरुलाई पत्राचार गरी मधेश आन्दोलन तेस्रोका क्रममा नेपाल सरकारले ५० जनाभन्दा बढी मधेशीको हत्या गरेको र त्यसअघिका आन्दोलनहरुमा पनि मधेशीको हत्या भएको जनाउँदै नेपाल सरकारलाई मानव अधिकारको कठघरमा उभ्याउन माग गरिएको छ । भारत सरकारले मधेशमा भएको नेपाल सरकारको ज्यादती विरद्ध अन्तर्राष्ट्रिय फोरमहरुमा कुरा उठाउँदै आएकोले अहिले त्यस विषयमा छानविनमा सहयोग गर्न भारत सरकारलाई मधेशीहरुले आग्रह गरेका छन् ।

माओवादी द्धन्द्ध कालमा पनि प्रचण्डको नेतृत्वमा १५ हजार भन्दा अधिक व्यक्तिको हत्या भएको भन्दै त्यस विषयमा पनि छानविन गर्न आग्रह गरिएको छ । मधेशीहरुको हत्या गर्ने नेपाल सरकारलाई भारत सरकारले रातो कार्पेट ओछ्याउन लागेको प्रति दुःख व्यक्त गर्दै निश्पक्ष छानविन तथा दोषी नेपाल सरकारलाई कारवाही गर्न आग्रह गरिएको छ भन्दै हुलाकीन्यूजमा समाचार छ ।

modi-2

modi-3

modi-4

modi-5

#हुलाकीन्यूजबाट जस्ताको त्यस्तै साभार

प्रकाशित मिति: Sep 14, 2016

प्रतिक्रिया दिनुहोस्