Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेल्दा-खेल्दै जनकपुरमा  हराएकी तीन वर्षकी बालिका मृत फेला

jankpur-news

जनकपुरधाम । जनकपुरकी एक तीन वर्षे बालिका मृत अवस्थामा फेला परेकी छन् । जनकपुर उपमहानगरपालिका १ मिल्सएरिया मुसहरीटोलका हरि यादवका तीन वर्षकी छोरी अंशुकुमारी यादव मृत अवस्थामा भेटिएकी हुन् ।

शनिवार विहान ११ बजे खेल्ने क्रममा हराएकी अंशुको शव जनकपुरको पुलचोकमा हराएको २४ घण्टा पश्चात आईतवार अंशुको शव घर नजिक पुलचोकको पैनीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हराए लगतै घरपरिवारले दिनभर खोजखबर गर्दा फेला पर्न सकेको थिएन । बालिकाको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घट्ना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्