Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिलान्यास गरिएको सडक ६ लेन माग गर्दै चक्काजाम !

bithamod

महोत्तरी २६ भदौ । भौतकिमन्त्री रमेश लेखकले शिलान्यास गरिएको जनकपुर–भिठ्ठामोड सडकखण्ड ६ लेनको बनाउनुपर्ने माग गर्दै आएको संयुक्त संघर्ष समितिले बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चक्काजामको घोषणा गरेको छ ।

संयुक्त सङ्घर्ष समितिले महोत्तरीको जलेश्वर, पिपरा, सहोडवा र धनुषाको विन्धीमा चक्काजाम गरेको छ । जनकपुरदेखि भिठ्ठामोडसम्म १८.७५ किलोमिटर सडकखण्ड पूर्णरुपमा जीर्ण भएको भन्दै सङ्घर्ष समितिले छ लेनको सडक निर्माण गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध गरेको हो ।

त्यसैगरी, २७ गते बिहान ८ देखि ९ बजे सम्म भिठ्ठामोड–जनकपुर सडक खण्डमा मानवकडी (मानव सांगलो) बनाउने कार्यक्रम रहेको समितिले जनाएको छ ।

संघर्ष समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज जनकपुर–भिठ्ठामोड सडकखण्ड अवरुद्ध गरेको छ । भिठ्ठामोड–जनकपुर सडकलाई नेपाल सरकारबाट गरिएको ४ (चार) लेनको सडक शिलान्यासलाई समितिले सकारात्मकरुपमा लिएको भन्दै भिठ्ठामोड–जनकपुर सडकलाई ६ लेनको बनाउनु पर्ने लगायतका ५ पाँच बुँदे माग राख्दै आन्दोलन जारी राखेको छ ।

mahotari-news

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्