Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवले भने ‘दिल्ली पुगेर बिल्ली बन्नु नपरोस्’

upendra-yadav-1

काठमाडौं, २४ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री भारत भ्रमणमा जानुको औचित्य नहुने बताएका छन् । अहिले किन जानु पर्‍यो, युएनको बैठकमा भाग लिन प्रधानमन्त्री नै जानुपर्छ भन्ने छैन, मन्त्री या सांसदलाई पठाउँदा पनि हुन्छ ।

धेरै नेताको लागि ‘दिल्ली’ सरकारमा जाने र सरकारबाट गिराउने माध्यम बनेको भन्दै उनले द्धिपक्षीय सम्बन्धलाई त्यस्तो खेलमा समाहित गर्न नहुने बताए ।

 ‘आन्तरिक मामिलालाई लथालिंग पारेर यही अवस्थामा दिल्ली जाँदा स्वयम् प्रधानमन्त्रीलाई पनि भारतले राम्रो मान्दैन, रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा यादवले भने, जाने वेलामा दिल्ली जाने तर र्फकने वेलामा विल्ली बन्न नपरोस् ।’

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको कार्यतालिका सारेर भएपनि पहिले आन्तरिक मामिला हल गर्नुपर्ने उनको जोड छ । उनले अघि भने, ‘मुलुकका बर्निङ ईस्युलाई सम्बोधन नगरी भ्रमणमा जाने रुची नै गलत हो, यो प्रवृत्ति नै गलत छ ।’

प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारको प्रश्नमा यादवले भने, ‘हुन त स्वयम प्रधानमन्त्रीले पनि भारत भ्रमणको बारेमा केही माग्न जान लागेको होइन भन्नुभएको छ, तर पनि जनतालाई सुसुचित गर्नुपर्छ ।’

उनले प्रधानमन्त्री भारत लगत्तै अमेरिका भ्रमण गर्न लागेकोमा समेत आपत्ति जनाए । यादवले भने, ‘अहिले किन जानु पर्‍यो, युएनको बैठकमा भाग लिन प्रधानमन्त्री नै जानुपर्छ भन्ने छैन, मन्त्री या सांसदलाई पठाउँदा पनि हुन्छ ।’

संघीय गठवन्धनका नेता समेत रहेका अध्यक्ष यादवले सरकारले संविधान संशोधन त परै जाओस भएको तीनबुँदे सहमतिमा अहिलेसम्म प्रवेश नै नगरेको आरोप लगाए ।

उनले थपे, ‘गृहकार्य भइरहेको छ भनेर बाहिर कुरा आएको छ, तर कहाँ भएको हो, मलाई त थाहा छैन, यदि घरभिर भएको हो भने हामीलाई थाहा छैन ।’

संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको भन्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवे यसबारे नेपाल आफैंले टुंगो लगाउनेमा आफू विश्वस्त रहेको बताए ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्