Logo
१३ बैशाख २०८१, बिहीबार
(September 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम लोकतान्त्रिक पार्टी जोगाउन गच्छदारको दौडधुप !

Vijay Kumar Gachadar

काठमाडौं भदौ १९ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीलाई फुटबाट जोगाउनका लागि आफूनिकट नेतालाई सक्रिय पारेका छन् । असन्तुष्ट पक्षले नयाँ पार्टी गठन गर्ने भन्दै गोप्य भेला गरिरहेको छ । त्यसपछि गच्छदार आफू सरकारमा नगए पनि अरूलाई पठाउन लचिलो देखिएको उक्त पार्टीका एक नेताले बताए ।

अध्यक्ष गच्छदारले एकलौटी ढंगले सरकारमा सहभागिता नजनाउने निर्णय गरेको भन्दै असन्तुष्ट पक्ष पार्टी नै फुटाउन लागिपरेपछि उनी त्यसलाई विफल पार्ने प्रयासमा देखिएको छ । भदौ ५ गदेदेखि एक साता बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उनले सरकारमा नजाने निर्णय गराएका थिए ।

असन्तुष्ट पक्षले गच्छदारले उपप्रधानमन्त्रीसहित मन्त्रालयमा माग गरेको र अरूलाई सरकारमा जान रोक्न खोजेको निष्कर्ष निकालेका थिए । उनीहरुले पार्टी फुटाएर भए पनि सरकारमा जाने तयारी थालेपछि गच्छदार त्यसलाई विफल पार्न सक्रिय रहेको स्रोतले बतायो । आजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति: Sep 4, 2016

प्रतिक्रिया दिनुहोस्