Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी समुदायले आज चौरचन तथा गणेश चतुर्थी धुमधामका साथ मनाइदै !

Chaurchan News (1)

काठमाडौँ, १९ भदौ । तराई–मधेश तथा मधेशी समुदायहरुले आज  महान पर्व (चोर-चरण) पुजा तथा गणेश चतुर्थी (गणेश पुजा) गर्देछन ।मानव अस्थालाई मान्यता राख्दै आज मिथिलाअन्चल लगायत तराईका जिल्लाहरुमा चौठचंद्र (चोरचरण) पुजा तथा गणेश चतुर्थी (गणेश पुजा) गरिन्छ ।

चौठचंद्रको पुजाको समाप्ति भएपछि गरमा सवै पुरुष,महिला र वच्चाहरु हातमा फल लिएर चन्द्रमा हेर्ने र प्रणमा गर्ने चलन छ। चंद्रदेव (चौठचंद्र) को पुजा सकिएपछि घर-परिवारको सवै जना संगै मिलि खुशी वाडने र आशिर्वाद लिने गरिन्छ । यस पर्वमा एउटा अझै प्रचलित मान्यता छ एक –अर्काको घरमा माटोको सानो सानो टुक्रा फालने चलन छ ।

Chaurchan News (4)

पुजा गर्ने बिधि:

आजको दिनमा श्रदालुहरु चंद्रदेवलाई विभिन्न प्रकारको फल,मिठाई,घरमा बनाएको बिभिन्न किसिम्मको परिकार,विषेश गरि दहिको अर्घ दिई पुजा गर्ने मान्यता रहदै आएको छ ।आजको दिन वर्तालु दिन भर निर्जला (निरहार) उपवास वसि बेलुका(रात) को समयमा चंद्रदेव पुजा गर्ने गरिएको चलन छ ।

यस पर्वको मान्यता पुराणहरुमा दिईएको जानकारहरु बताउछन्। यो वर्त गर्नाले मानव समुदायको घर-परिवारमा शुख शान्ति, रोग-व्याधि निको हुन्छ । यस पर्वमा तराईमा पाईने विभिन्न प्रकारका फलहरु र दही विशेष महत्व दिईएको छ ।

चौठचंद्र (चोरचरण) पर्व मनाउँने तिथि:

ग्रन्थको अनुसार भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथीमा हातमा कुनै पनि फल नलिई चंन्द्रमाको दर्शन् गर्नाले नराम्रो आरोप(दोष) लागने मान्यता आउँदै गरेको छ ।यस आरोप(दोष)बाट भगवान श्री कृष्ण पनि वाच्न सकेको थिएन्। यस्तो मान्यता छ, कि यस दोषको कारण भगवान श्री कृष्णलाई पनि एक चोटी “मनि “ चोरियो आरोप लागेको छ ।

श्री कृष्ण भगवानले आफ्नो माथि लागेको आरोपबाट मुक्त हुन मनि खोज्दै-खोज्दै एउँटा गुफा मा पुगिन्छ, त्यहाँ उँहाको भेट भक्त जाम्मवंत संग भयो । र त्यसपछि थाहा भयो उहाँमाथी चंद्रदोषको आरोप लागेको छ । त्यस दिन पश्चत्ता आजको दिनमा मानवहरु फल लिई चंद्रदेव(चौठचंद्र) को पुजा-पाठ,अराधान गर्न थाल्यो र यस पर्वको सुरुवात भएको हो ।

चौठचंद्र (चोरचरण) पुजा चाहिने सामग्री :

आजको दिनमा वर्तालु गाईको गोवरको लिप लगाएर पवित्र स्थानमा अरिपन(जसलाई रंगगोली भन्निन्छ,वा यो भन्दा फरक किसिम्मको)यसमा चामलको धुलो घोलेर तयारी गरिएको सुन्दर अकारको आकृति बनाएर त्यसको विच-विचमा सिन्दुर लगाउने चलन रहदै आएको छ । बनाईएको अरिपन माथि माटोको भाडोको कलश,त्यसको विचमा आपको आपको पात तथा वाति बाल्ने दिया हुन्छ । अरिपनमा ठुलो ठुलो केराको पात सजाएर राखिएको हुन्छ ।

त्यो केराको पात माथि पुजाको सामग्री चिउरा,दही,चिनी,घी,शदह,केरा,परुकिया,टिकिया राखिएर सजाईएको हुन्छ । यस वर्तमा दहीको अधिक महत्व भएको हुनाले वर्तालु वर्तको दुई दिन अगाडी देखि नै माटोले बनाएको भाडामा दहि जमाउँने काम सुरु गरेको हुन्छ । त्यसपछि चंद्रदेव(चौठचंद्र) को पुजा शुरु हुन्छ । #देव मेहता

प्रकाशित मिति: Sep 4, 2016

प्रतिक्रिया दिनुहोस्