Logo
७ बैशाख २०८१, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आदिवासी जनजाती विद्यार्थी महासँघद्धारा डा. पँजियार सम्मानित

Dr Vinay Panjiyar  (1)

धनुषा । नेपालमा मेडिकल शिक्षा क्षेत्रमा ४५ प्रतिशत आरक्षण कोटा कायम गर्न सफल भएका डा. विनय पँजियारलाई सम्मान गरिएको छ । डा. पँजियारले मेडिकल शिक्षा क्षेत्रमा आरक्षणको अथक आन्दोलनलाई कोसेढुङगााको रुपमा स्थापित गर्न सफल भएको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका राज्यमन्त्री श्री प्रसाद जबेगुबाट सम्मानित गरिएको हो ।

मेडिकल शिक्षा संस्थाहरुमा विभिन्न वर्गहरुबाट सबैमा समानुपातिक समावेशिता कायम गर्नको लागि कानुन निर्माण र कार्यन्वयन गर्न तथा विद्या भर्ना गर्नका लागि सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल आदिवासी जनजाती विद्यार्थी महासँघ राष्ट्रिय समम्वय समितिले डा. पँजियारलाई सम्मान गरेको हो ।

डा. पँजियारले निरन्तर मेडिकल संस्थाहरुमा आरक्षणका लागि निरन्तर आफनो अगुवाई आन्दोलन गर्दै आएका थिए ।

Dr Vinay Panjiyar  (2)

प्रकाशित मिति: Sep 2, 2016

प्रतिक्रिया दिनुहोस्