Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा वीरेन्द्रको सालिक राख्दा नेपालगञ्जमा तनाव

Nepalgunj News  (1)

नेपालगञ्ज । नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिक राख्ने क्रममा प्रहरी र युवाहरुबीच झडप भएको छ । झडपपछि स्थिति तनावग्रस्त भएको छ । राष्ट्रवादी युवा समूहले बिहीबार धम्बोजीमा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । यद्यपी युवाहरुले शालिक भने राखिसकेका छन् ।

नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो । त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो ।

प्रहरीसँगको झडपमा केही युवा घाइते भएका छन् । प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए । राजतन्त्रको पक्षमा रहेका युवाहरुले वीरेन्द्रको शालिक हटाउन नदिने र त्यसको संरक्षण पनि आफूहरुले नै गर्ने बताएका छन् ।

नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि प्रहरीले लाठिचार्ज गरेको छ । हिन्दुवादी र राजावादीहरुको समूहले बीरेन्द्रचोकमा नाराबाजी गरिरहेका छन् । २०६२/२०६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीहरुले वीरेन्द्र चोकमा रहेको पूर्व राजा वीरेन्द्रको पूर्णकदको सालिक तोडफोड गरी हटाएका थिए । सोही स्थानमा आज अर्धकदको सालिक राखिएको हो ।

पत्रकार आशिष गुप्ताको सहयोष्गमा

Nepalgunj News  (2)

प्रकाशित मिति: Sep 1, 2016

प्रतिक्रिया दिनुहोस्