Logo
७ बैशाख २०८१, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सवारी दुर्घटना न्युनीकरण गर्न धनुषामा ज्ञापन

Nepal Sadbhwana party

धनुषा । दैनिक रुपमा भई रहेको सार्वजनिक यातायातको सवारी दुर्घटनालाई न्युनीकरण गर्न ज्ञापनपत्र बुझाइएको छ । नेपाल सदभावना पार्टीको तर्फबाट महासचिव राजीव झाले सरकारलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।  ‘हाम्रो जस्तो भौगोलिक विविधता र सचेतना न्यून रहेको देशमा सवारी दुर्घटना हुनु अस्वभाविक नहुन सक्छ ।

तर अस्वभाविक र भयावह संख्यामा सवारी दुर्घटना हुनु आफैमा अत्यन्तै गैर जिम्मेवार र चिन्ताजनक अवस्था हो । हिजो मात्रै काठमाडौँ बाट जनकपुर आएको विजय किल्लाको ड्राइभरले बाटोभरीमा ६१ वटा भन्दा बढी मोबाइल फोनको कल रिसिभ गरेको हाम्रो सर्वेक्षणबाट खुलेको छ । यसर्थ हाम्रो निश्कर्ष के हो भने यदि गाडी सवारी चलाई रहेको अवस्थामा चालकले मोबाइल फोन प्रयोग नगर्ने हो भने सवारी दुर्घटनाको प्रतिशतमा ठूलो गिराबट ल्यान सकिन्थ्यो । अर्थात सवारी दुर्घटना न्यूनी करण गर्न सकिन्छ ।

जसले हजारो हजार होनहार मानव जातीको अनाहक र अकालमा मृत्यु हुने थिएन । हजारो हजार व्यक्ति अपांग र घाइते हुने थिएनन । अतः सार्वजनिक सवारी चलाउँदा बखत लामो दुरीमा चलाउने सावारी चालकले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था देशव्यापी रुपमा हुनका लागि हामी अनुरोध गर्दै यो ज्ञापनपत्र प्रस्तुत गर्दछौँ ।

प्रकाशित मिति: Aug 29, 2016

प्रतिक्रिया दिनुहोस्