Logo
१३ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले मधेसीलाई क्षतिपूर्तिवापत थप २ करोडभन्दा बढी उपलव्ध गराउनुपर्ने !

madheshi-morcha

काठमाडौं, १३ भदौ । सरकारले तराई मधेस आन्दोलनका घाइतेलाई उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्तिवापत थप २ करोडभन्दा बढी उपलव्ध गराउनुपर्ने देखिएको छ ।  यो भारतमा उपचार गराएकाहरुको खर्चबाहेक भएको संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले जनाएको छ ।

प्रचण्ड नेतृत्वको सरकार गठनका क्रममा भएको तीन बुँदे सम्झौता कार्यान्वयनका लागि मोर्चाले गठन गरेको ती सदस्यीय समितिले आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीसँग छलफल गरेको थियो । समितिका सदस्य लालबाबु राउतले गृहमन्त्री निधिसँग तीन बुँदे सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको जानकारी दिए ।

सरकारले ज्यान गुमाएका ५२ जनाका परिवारलाई १० लाखका दरले क्षतिूर्ति र घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको थियो । मृतकको संख्या ६८ रहेको र घाइतेले विभिन्न अस्पतालमा गएर उपचार खर्च तिर्न बाँकी रहेको मोर्चाले जनाएको आजको कारोबार दैनिकले जनाएको छ ।

प्रकाशित मिति: Aug 29, 2016

प्रतिक्रिया दिनुहोस्