Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल–महतो वान टु वान वार्ता: ‘अबको मुख्य कार्य नै संशोधन’

फाइल फोटो
#फाइल फोटो

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाले सरकारको मुख्य कार्य नै सविंधानलाई संशोधनगरी त्यसलाई लागु गराउनु रहेको बताएका छन । प्रधानमन्त्री दाहालले र सदभावना अध्यक्ष राजेन्द्र महतोबिच भएको भेटवार्तामा उनले त्यस्तो बताएका हुन । दाहाल र महतोवी आइतबार साँझ बालुवाटार स्थित २ घण्टा लामो भेटवार्ता चलेको थियो ।

भेटमा सदभावना अध्यक्ष महतोले पहिला सरकारले गर्ने कार्य यथासिघ्र गर्नू पर्नेमा जोड दिएका थिए । ‘सरकारले पहिला प्रस्ताव तयार पार्नु प¥यो र त्यसपछि एमाले लगायतसग सहयोग पनि माग्नुप¥यो तर अहिले नै एमालेले सहयोग गर्देन भनी तपाई पन्छिन पाइदैन’ महतोले भने ‘मैले पौने २ घण्टाको कुराकानीमा उहाँको आलोचना मात्र गरे तर उहाँले धैर्यधारण गर्न आग्रह गर्दे भारत जानुअघि नै सबै समस्या सामाधान गर्ने तयारीमा आफू रहेको बताए ।

बिभिन्न संचारमाध्यमहरुमा आइरहेको भ्रामक समाचारहरुको खण्डन गर्दे दाहालले महतोसगको भेटमा उपेन्द्र यादव, महन्थ ठाकुर र शेरबहादुर देउवासग सामुहिक वर्ता नगरेको बताए । दहालको भनाई उदृत गर्दे महतोले भने ‘कतिपय संचारमाध्यमहरुमा गलत खबर आएका रहेछन प्रधानमन्त्रीले संसोधनको विषयमा कुनै सामुहिक वार्ता गर्नूभा छैन ।’

भेटमा प्रम दाहालले आन्दोलनका क्रममा लागेका झुट्टा मुद्दा खारेज गर्ने प्रक्रिया सुरु भइसको र बनेको छानविन आयोगले पनि काम थालिसकेको बताएका थिए । गृह मन्त्रालयले झुट्टा मुद्दा खारेजी र क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइसकेका जानकारी समेत गराएको महतोले बताए । भेटवर्ता मुलतः सविधान संसोधनको विषयमा केन्द्रित रहेको महतोले प्रधानमन्त्री दहाल संसोधनको विषयमा निकै सिरियस रहेको आफूले पाएको बताए ।

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्