Logo
१२ बैशाख २०८१, बुधबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हराएको आफनै मोटरसाईकल फिरोती बुझएर भारतबाट ल्याउनुपर्ने !

Choriko Bike
उमेशराज मेहता, सुनसरीको इनरुवा तथा आसपासका क्षेत्रमा चोरहरुको संगठित गिरोहहरुको बिबिगिले यतिबेला सवारीधनीलाइृ आतंकित बनाइदिएका छन । उक्त गिरोहहरुले खासगरी नयाँ मोटरसाइकल चोरी गरि सवारी धनीसँग फिरौती लिएर फिर्ता दिनेगरेका खुलासा भएको छ । संगडित अपराध गर्नेहरुले सुनसरी सदरमुकाम इनरुवा, सहित चिमडी, दुहबी, हरिनगरा, लौकही लगायतका भिडभाड हुने स्थान तथा रातीको समयमा घरमा राखेका मोटरसाइकल लक काटी चोरी गरेर लैजाने र फोन मार्फत मोटरसाइकल धनीलाई आवश्यक फिरौती असुल गरी फिर्ता गर्नेगरेका छन ।

प्रहरीले चोर पक्राउ गरि चोरी भएको सवारीसाधन फिर्ता दिलाउने कार्य गर्न नसक्ने अवस्था आएकाले संगठित चोरहरुको गिरोहले मोवाईलबाट डर त्रास देखाई फिरौती लिने गरेको पीडितहरु बताउँछन । इनरुवाका विभीन्न वडाहरुबाट एक महिनामा दर्जन बढी मोटरसाइकल चोरी भएका घटना सार्वजनिक भएपनि अहिलेसम्म न त चोर नत मोटरसाईकल नै प्रहरीले फिर्ता ल्याउन सकेको छ । इनरुवा र आसपासका क्षेत्रबाट चोरि भएका मोटरसाईकलहरु यहाँबाट विभिन्न बाटो हुँदै सीमावर्ती भारतीय क्षेत्रमा पुर्याउने गर्दछन त्यहाँबाट मोटरसाईकल धनिलाई टेलिफोन गरेर वा अन्य स्रोतबाट खवर पठाएर आफ्नै मोटरसाईकल पैसा लिएर फिर्ता दिने गर्दछन ।

इनरुवा ३ स्थित मालपोत चौक छेउमा पाहुना आएका नारायण श्रेष्ठको को १ प ८१३५ नम्बरको होण्डा हरनेट मोटरसाइकल घरमा राखेको अवस्थामा चोरी भएको थियो सो मोटरसाइकल चोरी भएको सुचनासहितको हुलिया जाहेरी सुनसरी प्रहरीलाई दिएपनि त्यसको अत्तोपत्तो लाग्न सकेको थिएन । सोही क्रममा चोरहरुको संगठित गिरोहले एक साता भित्रै चोरी भएको घरमा एउटा चिठ्ठी लेखी मोटरसाइकल चाहीएमा प्रहरीलाई खबर नगरी फिरौती रकम लिएर गोप्य रुपमा आउन धम्की पत्र छाडेर गयो ।

सोही आधारमा उनीहरुले भारतको मोटरसाइकल रकम तिरेर फिर्ता ल्याए । मोटरसाइकल चोरहरुले इनरुवामा चोरी गरेका सवारी साधनहरु भारत बिहारको अररिया फुलगाहमा पुर्याएका रहेछन त्यहाँबाट धनिले आफ्नै मोटरसाईकल ७० हजार फिरौती बुझाएर फिर्ता ल्याए । चोरहरुले फोनबाट मोलमोलाई गरि उनीहरुले दिएको लोकेसनमा बोलाएर जिम्मा दिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले हाल मोटरसाईकल चोरीका घटनाहरुमा बृद्धी भै रहेकाले सुनसरी प्रहरीले चोरहरुलाई नियन्त्रणमा लिनका लागी आवश्यक अनुसन्धान गरिरहेकाले केही समय भित्रै चोर पक्राउ गर्न सफल हुने दावी गरे । नेपाली र भारतीयहरु दुवै मुलका चोरहरु मोटरसाईकल चोरीमा संग्लन भएकाले स्थानीयको सुराकीमै चोरीका घटना बढेको प्रहरी उपरिक्षक पोषराज पोखरेल बताउँछन ।

मोटरसाईकल चोरहरुको धम्कीका कारण फिरौती बुझाएका पीडितहरुले कुनै प्रकारको सुचना स्थानीय प्रहरीलाई नदिने गरेको सुरक्षा निकायको गुनासो रहेको छ । फिरौती रकम लिने र चोरीको मोटरसाइकल भण्डारण गर्ने स्थान भारतमा भएकाले समेत नेपालको सुरक्षा निकायको सहयोग लिएर मोटरसाइकल फिर्ता ल्याउने अवस्था नभएकाले पीडितहरु बाध्यता पुर्वक फिरौती बुझाउनु परिरहेको गुनासो गर्छन ।

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्