Logo
७ बैशाख २०८१, शुक्रबार
(August 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरिनगरामा मदिराको सेवन र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध !

madira

हरिनगरा । सुनसरीको दक्षिणवर्ती गाविस हरिनगरामा शनिवारबाट बेलुका आठबाट मदिराको बिक्री वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाईएको छ । इलाका प्रहरी कार्यालय हरिनगरामा शनिवार बसेको सर्वदलीय बैठकले यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न आवश्यक भन्दै मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।

विशेष गरेर साँझको समयमा मदिरा सेवन गरेर बजार क्षेत्रमा होहल्ला गर्ने र झगडा गर्ने क्रम बढ्न थालेपछि स्थानीयबासीको आग्रहमा शान्ति सुरक्षा कायम गर्न आठ बजेपछि मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाईएको हो ।

सो क्रममा इलाकाको इन्चार्जको रुपमा पुगेका प्रहरी नायब निरिक्षक गोविन्द घले, स्थानीय बासी र राजनीतिक दलका नेताहरुवीच परिचय आदान प्रदान गर्नुका साथै त्यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था, सुरक्षाका चुनौति लगायतका विषयमा समेत छलफल भएको हरिनगरा बजार ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद देबले जानकारी दिए ।

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्