Logo
८ बैशाख २०८१, शनिबार
(August 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाहरको पानी लैजाने बिषयमा रौतहटमा दोहरो झडप !

फाईल फोटो
फाईल फोटो

रौतहट । नाहरको पानी लैजाने बिषय लिएर रौतहट स्थित दुई गाविसका मानिस बिच दोहरो झडप हुँदा एकदर्जन मानिस घाईते भएका छन भने एकजनाको अवस्था चिन्ताजनक रहेको छ । स्थानिय पिप्रापोखरीया गाविस नजिकको बागमती सिचाई आयोजनाको नाहरको ठोकर काटेर पानी लैजाने बिषयमा स्थानिय र महमदपुर गाविसका मानिस बिच बिहान झडप भएको हो ।

दोहरोझडपमा बाँसको लाठी र भाठा प्रहार बाट पिपरीया दोस्तिया गाविसका सुनिल यादव,देवानन्द यादव, रामबिलास यादव,सुरेन्द्र ठाकुर,पिप्रापोखरीयाका रोहित यादव,बिनय यादव,बिसुनी ठाकुर लगायतका रहेका छन । बाँसको लाठीले टाउकोमा लागेर गम्भिर अवस्थामा रहेका सुनिल यादवलाई गरुडाबाट सामान्य उपचार पछी थपउपचारको लागी एम्बुलेन्सबाट भरतपुर पठाईएको घटनास्थल पुगेका प्रहरी निरिक्षक अशोक झाले बताएका छन ।

अन्य घाइतेमध्ये केहीको कटहरीया र केहीको गरुडामा उपचार भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी नविनकृष्ण भण्डारीले बताएका छन । दोहरो झडपको क्रममा सैयौको संख्यामा रहेका मानिसहरुले गरेको ढुंगा प्रहारबाट घटनास्थल पुगेका प्रहरी नायव निरिक्षक उमाशंकर गुप्ता लगायत केही प्रहरीलाई चोटपटक लागेको प्रवक्ता भण्डारीले बताए ।

धानबालीमा पानी नभएर बिग्रिन लागेको भन्दै एकाबिहानै लाठीभाठा सहीत सैयौंको संख्यामा महमदपुरका मानिस पिप्रापोखरीया पुगेर नाहरको ठोकर काटेर पानीलैजाने जमर्को गरेपछी दुबै गाविसका मानिस बिच झडप भएको थियो । झण्डै एकहजारको हाराहारीमा रहेका मानिसहरु एक्कासी दोहरी शुरुगरे पछी केहीबेर महाभारतको दृस्य बनेको थियो । लगतै सशस्त्र प्रहरी,जिल्लाबाट थप प्रहरीटोली,गरुडाकोटोली घटनास्थल पुगेपछी अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Aug 26, 2016

प्रतिक्रिया दिनुहोस्