Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीपुजब्दीकी पुजा आत्महत्या प्रकरण रहस्यमय बन्दै

aatmahatya

सुनसरी । श्रीपुजब्दी गाविस २ स्थित यादव टोलमा मंगलवार बिहान एक युवतीको मृत्यु भएको घटना रहस्यमय बन्दै गईरहेको छ ।श्रीपुजब्दीका स्थानीयवासीका अनुसार श्रीपुजब्दी २ अजय यादवले एक बर्ष अगाडी अन्तरजातीय प्रेम विवाह गरी ल्याएकी श्रीमतीको घरमा मृत्यु भएको घटना रहस्यमय बन्दै गएको छ ।

सुरुमा आत्महत्या भएको सूचना प्रहरी च्यानलबाट आएपनि पछि फेरि मृत्युको घटना झुण्डी आत्माहत्या नभएको सूचना आएपछि प्रहरीले अजय यादवको घरमा ताला लगाईदिएको थियो । पुजाको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शब पोष्टमास्र्टमका लागी लगिएको थियो ।

सप्तरी माइती घर भएकी बाँतर समुदायकी पुजा सरदार र यादव प्रेमपछि विवाह बन्धनमा बाँधिएका थिए । मृतक पुजाको शवलाई एम्बुलेन्समा राखेर मंगलवार बिहान इनरुवा अस्पताल लगिएको थियो ।  पहिला आत्महत्या भनेको श्रीपुजब्दी स्थित प्रहरी चौकीले पछि घटनामा हत्याको आशंका गर्दै अजय यादवको घरमा ताला लगाई दिएपछि स्थानीयवासीहरु सो घटना रहस्यमय भएको बताउँन थालेका छन ।

स्थानीय छिमेकीहरुका अनुसार युवतीले आफनै घरमा बाँसको बलोमा झुण्डी मरेको अवस्थामा फेला परेको भनिएतापनि पुजाको मृत्यु रहस्यमय भएको बताउन थालेका छन । सुनसरी प्रहरीले बुधवार शबको पोष्टमास्र्टम गरि यादवको परिवारलाई बुझाए पनि घटना अनुसन्धानका शिलसिलामा कसैलाई नियन्त्रणमा भने लिएको छैन ।

प्रकाशित मिति: Aug 25, 2016

प्रतिक्रिया दिनुहोस्