Logo
६ बैशाख २०८१, बिहीबार
(August 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीकापुर आन्दोलनमा पक्राउ परेकाहरु शुक्रबार छुट्न सक्ने !

Tikapur
काठमाडौं ८ भदौ । तेस्रो मधेश–थरुहट आन्दोलनको क्रममा भएको टीकापुर विद्रोह पश्चात पक्राउ परेका मध्ये १९ जना शुक्रबार छुट्न सक्ने सम्भावना रहेको छ ।

उक्त मुद्दामा बहस गरिरहेका अधिवक्ता दिपेन्द्र झाका अनुसार शुक्रबार शंकर लिम्बुले अन्तिम बहस गरे पछि पक्राउ परेकाहरु छुट्न सक्नेछन् । सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको टीकापुर घटनाका १९ जना आरोपितमाथि मुद्दामा अधिकांश अधिवक्ताहरुले बहस सकिसकेका छन् ।

टीकापुर घटना गराएको आरोपमा प्रहरीले ५८ जनामाथि मुद्दा दायर गरेको छ । पक्राउ परेका मध्ये १९ जनामाथि सर्वोच्च अदालतमा थुनछेक बहस जारी रहेको छ । ‘प्रहरी पक्षबाट ठोस प्रमाणहरु पेस हुन नसकेकोले अभियुक्त थारुहरु शुक्रबार रिहा हुने सम्भावना अधिक रहेको छ ’ अधिवक्ता झाले भने ।

प्रकाशित मिति: Aug 24, 2016

प्रतिक्रिया दिनुहोस्