Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा ५५ सय अपाङ्गताको सुची दर्ता

Disability-and-sex-1900x700_c

इनरुवा । शारिरीक रुपमा अपाङ्गता भएकाहरुले अन्य ब्यक्ति सरह शारीरिक रुपमा कुनै पनि प्रतिष्पर्धा गर्न नसक्ने भएकाले राज्यबाट पाउने सुविधा लिन सुनसरीमा ५ हजार बढी सुचिकृत भएका छन । महिला तथा बालबालिका कार्यालय सुनसरीका अनुसार जिल्लामा हालसम्म बिभिन्न प्रकारका अपाङ्गता भएकाहरुले मान्यता प्राप्त चिकित्सकको सिफारिस अनुसार कार्यालयमा सुचिकृत गरि परिचय पत्र लिने गरेको छ ।

हाल सम्म सुनसरीमा ३ हजार २ सय १४ जना पुरुष र २ हजार ३ सय ४६ महिला गरि ५५ सय ६० जनाले अपाङ्गमा सुचिकृत गरेर अपाङ्ग भएका व्यक्तिहरुलाई अपाङ्ग परिचय पत्र बितरण गरिएको कार्यालयले जनाएको छ । आब २०७२/०७३ मा २ सय ४१ महिला र ३ सय ९३ जना पुरुषले सूचिकृत गरि परिचय पत्र लिएको कार्यालयले जनाएको छ ।

राज्य बिभिन्न निकायहरुमा अपाङ्गता भएका व्यक्तिका साथै विभिन्न जातजातीहरुलाई सुचीकृत आरक्षण तथा सेवा सुविधा उपलब्ध गराउदै आएको छ । दृष्टिबीहिन, बहिरा तथा स्वर बोलाइसम्बन्धी अपाङ्गता बौद्धिक अपाङ्गता भएका, सुस्त श्रवण–दृष्टिविहीन र शारिरीक अपाङ्गता भएकाहरुलाई सरकारले क ख र ग वर्गमा विभाजन गरि तीन थरीका सुविधा उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्