Logo
१२ बैशाख २०८१, बुधबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेन्द्र राजमार्ग अन्तरगत सुनसरीको लौकही बजार विहारीको कब्जामा !

Laoukahi bajar

सुनसरी । पुर्व–पश्चिम महेनद्र राजमार्ग अन्तरगतको सुनसरी स्थित लौकहीको मुख्य बजार भारतको बिहार राज्यबाट ठूलो संख्यामा आएका चिडिमारहरुले कब्जा गरेर बस्दै आएका छन । जिल्लाको प्रमुख तरकारी उत्पादन क्षेत्रको रुपमा रहेको लौकही र आसपासका किसानहरुको सहुलियतकोलागि सरकारले बनाएको कृषी बजारमा चिडीमारहरुले कब्जा जमाएर लामो समयदेखि बस्दै आएकोले कृषकहरु राजमार्गमा आफ्नो उत्पादन असरल्ल पार्न बाध्य हुँदै आएका छन ।

लौकहीको मुख्य बजारकै छेउको राजमार्गमा टासिएको सो कृषि बजार त्यस क्षेत्रमा उत्पादित तरकारीको थोक र खुद्रा बिक्री, माछा मासुको बिक्रीको लागि निर्माण गरिएको हो । जसमा पक्काका पाँच वटा लामा लामा टहरा र शौचालयको समेत ब्यवस्था छ । सो बजार निर्माण भएपनि अहिलेसम्म त्यस्तो कुनै कारोवार नभएको बरु विहारबाट आउँने ठूलो संख्याका चिडिमारहरुले कब्जा जमाएर आफ्नो आश्रयस्थल बनाएका छन ।

चराको राजधानीको रुपमा परिचित कोशी टप्पु बन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्रको रुपमा रहेको लौकही र आसपासको क्षेत्रमा धेरै चरा पाईने भएकोले चराको चोरी सिकारी गर्ने बिहारी चिडिमारहरु त्यसक्षेत्रमा पहिलाबाटै आउने जाने गरेपनि केही समयदेखि उनीहरु कृषि बजार नै कब्जा गरेर बस्न थालेका हुन ।

कोशी टप्पु र मध्यवर्ती क्षेत्र चराको चोरी शिकारीको लागि प्रतिबन्धित क्षेत्र भएपनि त्यस विषयमा आरक्ष, स्थानीय प्रशासन र सुरक्षा निकायले कुनै चासो नदिएको स्थानीयहरुको गुनासो छ । लौकही गाविसका निवर्तमान अध्यक्ष देवकृष्ण यादवका नन्दन दक्त कृषी मन्त्री भएका समयमा निर्माण भएको कृषी बजारको पक्की संरचना सहितको सुविधायुतयुक्त ट्रष्टमा बिहार राज्यका नागरिकहरु आएर कब्जा गरि बस्दा स्थानीय प्रहरी प्रशासनले कुनै वास्ता नगरेको गुनासो गर्छन ।

अपायक पर्ने स्थानमा बजार बनाएकोले स्थानीय ब्यापारीहरुले बजार लगाउन नमानेको भन्दै सो सरकारी संरचनाको संरक्षणमा गाविसले समेत कुनै ध्यान नदिदाँ चिडिमारहरुले कब्जा जमानउ सफल भएको यादवको भनाई छ । कृषी बजारको छेउमा रहेको सावित्री प्राथमिक बिद्यालयमा विद्यार्थी संख्या एकदमै न्यून हुँदा विद्यालय प्रशासनले समेत आगनमै रहेका चिडिमारहरुलाई हटाउन ध्यान नदिएको स्थानीय कुसुमलाल उराँव बताउँछन ।

चिडीमारहरुले बजारको ट्रष्ट कब्जा गरि बसे पछि माछा , मासु र तरकारी तथा फलफुलको व्यापार गर्नेहरुले लौकही स्थित पुर्व पश्चिम राजमार्ग छेउको सडक पेटीमा खुल्ला रुपमा ब्यापार गरिरहनु परेको मासु पसल सञ्चालन गर्दै आएका लौकही ४ का कार्तिकलाल यादव बताउँछन । पश्चिम कुशाहा ९ का अरुण यादवका अनुसार चिडीमारहरुले प्रत्येक दिन साँझ शंकर साह नाम गरेका व्यापारीको पसलबाट चिनी खरिद गरि लैजाने र बिहान मह जस्तो गुलियो लेदो बनाएर काठमाण्डौ लगायत बिभिन्न स्थानमा जाने लामो दुरीका बसहरुमा मौरीको मह भन्दै बेच्ने काम गदै मानिसहरुलाई ठगी गर्ने गरेका छन ।

लौकही गाविसका निवर्तमान अध्यक्ष देवकृष्ण यादवका लौकही प्रहरीको संरक्षणमा चिडीमारहरुले सर्वसाधरणलाई ठगी गर्ने भएको जानकारी पाएपछि प्रहरीलाई यस्तो गलत कार्य रोक्न आग्रह गर्दा समेत नरोकेको बताउँछन । पश्चिम कुशाहा ६ का किसनलाल उराँवले खुल्ला रुपमा धुलो उडाउने राजमार्ग किनारमा मासु पसल गर्दा स्थानीय ठेकेदारले हाट बट्टी कर लिने तर बजारको ट्रष्टमा लगाउन नपाउने अवस्था रहेको गुनासो गरे ।

भारत बिहार राज्य स्थित सुपौल जिल्लाको विरपुर ७ नं बाट रक्षा बन्धनमा राखी बाध्न आएका चिडीमारका आफन्त बताउँने अमित कुमार धामीले आफुहरुको घरजम भारतमा भएपनि माग्ने लगायतका काम गरेर आफन्तहरु नेपालमा स्थायी बसोबास गर्दै आएको बताए ।बर्नमालामा समाचार छ ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्