Logo
१३ बैशाख २०८१, बिहीबार
(August 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० को नाम आउट: आन्दोलनमा मारिएका ५२ जना सहिद घोषणा

PM Prachand

काठमाडौं, ३ भदौ । सरकारले मधेश आन्दोलनको क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ । तर उक्त सुचिमा रहेका १० को नाम सरकारले हटाएको छ । मोर्चाद्वारा सहिद घोषणा गर्न ६८ जनाको सूची मधेसी मोर्चाले सहिद घोषणाको माग गर्दै सरकारसमक्ष यसअघि ६८ जनाको सूची बुझाएको थियो ।

मोर्चाले केही दिनअघि मात्रै गृहमन्त्री विमलेन्द्र निधिलाई ६८ जनाको सूची बुझाउादै उनीहरूलाई सहिद घोषणा गर्न माग गरेको थियो । तर, गृह मन्त्रालयले ५२ जनालाई मात्रै सहिद घोषणा गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको हो ।

आन्दोलनकारी को–को भए सहिद ?

राजेन्द्र (राजीव) राउत (सप्तरी), दुर्गेश यादव (भैरहवा), राजकिशोर ठाकुर (रौतहट), धर्मराज सिंह (वीरगञ्ज), दीनानाथ साह (वीरगन्ज), भोला साह (वीरगन्ज), हिफाजत मियाा (बारा), रामकृष्ण राउत (सप्तरी), रोहन चौधरी (महोत्तरी), रामविवेक यादव (महोत्तरी), अमित कापर (महोत्तरी), वीरेन्द्र बिच्छा (महोत्तरी), रामशिला मण्डल (महोत्तरी), गणेश चौधरी (महोत्तरी),

नितु यादव (जनकपुर), सञ्जयकुमार चौधरी(जनकपुर), दिलीप यादव (जनकपुर), चन्दन पटेल (रुपन्देही), रञ्जना क्षेत्री (रुपन्देही), राजकुमार बरई (रुपन्देही), बिन्दु भन्ने विनोद लाकोल (रुपन्देही), नन्दनी पाण्डेय (रुपन्देही), सौमती मुराव (रुपन्देही), शत्रुधन पटेल (पर्सा), वीरेन्द्र राम (सप्तरी), नागेश्वर यादव (सप्तरी), दिलीप साह (सप्तरी), प्रमोद गुप्ता (बारा), मो. मेहरुद्दिन (रौतहट), शेष तवरेज आलम (रौतहट), द्रोपदी धानुक चौधरी (रंगेली), महादेव ऋषिदेव (रंगेली), शिवु माझी (रंगेली), राजाराम झा, यमबहादुर बिसी (सुर्खेत), टीकाराम गौतम (सुर्खेत), गोपालसिंह रजवार (सुर्खत), हरि कुावर (जुम्ला), टेकबहादुर सावद (कैलाली), करण सिंह (बााके) र जयप्रकाश शाह (बारा)

सुरक्षाकर्मी सहिद 

एसएसपी लक्ष्मण न्यौपाने (कैलाली), इन्स्पेक्टर बलराम विष्ट (कैलाली), केशवराज बोहरा (कैलाली), लोकेन्द्र चन्द (कैलाली), रामबिहारी ठाकुर (कैलाली), ललित साउद (कैलाली), बमनबहादुर विक (महोत्तरी), जनक नेगी (कैलाली), काशीराम कामी (कैलाली), देवबहादुर पाण्डे (कैलाली) र करण सिंह (बााके)

प्रकाशित मिति: Aug 19, 2016

प्रतिक्रिया दिनुहोस्