Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ममता चौकीकार क्लिनिक वीरगन्जमा अवैध गर्भपतन

फाईल फोटो
फाईल फोटो

वीरगन्ज, १ भदौ । दुई छोरीका बुवा पर्सा जगरनाथपुरका जाकिर हुसेनले आफ्नो पत्नीको गर्भमा फेरि छोरी नै रहेको थाहा पाएपछि गर्भपतन गराउने निधो गरे । चार महिनाको गर्भपतन गराउनका लागि हुसेन वीरगन्जको लिंकरोडमा अवस्थित मेरी स्टोप्स सेन्टरमा पुगे । तर मेरी स्टोप्सका कर्मचारीले १२ साता (तीन महिना) भन्दा बढी समयको गर्भपतन गर्न नमिल्ने भन्दै हुसेनलाई छेउकै निकिता फार्मेसीभित्र रहेको चिकित्सक ममता चौकीकारको क्लिनिकमा जान सुझाव दिए ।

त्यसपछि हुसेनले १८ हजार रुपैयाँ तिरेर चिकित्सक चौकीकारको क्लिनिकमा पत्नीको गर्भपतन गराए । ‘सुरुमा ४५ हजार मागेका थिए’, हुसेनले भने, ‘धेरै अनुरोध गरेपछि १८ हजारमै गरिदिए ।’ सरकारले अनिच्छित गर्भ रहेमा अधिकतम १२ सातासम्मको गर्भपतन गराउन कानुनी मान्यता दिएको छ ।

त्यो पनि सरकारले तोकेका सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थामा मात्रै अनिच्छित गर्भपतन गराउन पाइने नियम छ । यसको सेवा शुल्क पाँच सय रुपैयाँ मात्र छ । वीरगन्जमा रहेका निजी क्लिनिक र नर्सिङ होममा महिलासँग १८ देखि ४५ हजार रुपैयाँसम्म असुलेर १८ देखि २० सातासम्मको गर्भपतन गराउने काम भइरहेको छ । @यात्राडेलीमा समाचर छ ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्