Logo
१२ बैशाख २०८१, बुधबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवलपरासीका बाढी पीडितलाई थर्ड एलायन्सको राहत

Rahat News

भैरहवा २९ साउन । नवलपरासीका बाढी पीडितलाई तराई मानव अधिकार रक्षक संजाल(थर्ड एलायन्स) ले  राहत वितरण गरेको छ । थर्ड एलायन्सको क्षेत्रीय कार्यालय भैरहवाद्वारा संकलन गरिएको राहत समाग्री शनिबार नवलपरासी सनई गाविसका अति प्रभावित २० घर परिवारलाई वितरण गरिएको हो ।

उक्त राहत प्रहरी चौकी सनई र गाविस कार्यालय सनईको समन्वयमा सनई गाविस कार्यालयको प्रांगणमा वितरण गरिएको थर्ड एलायन्सका क्षेत्रीय संयोजक शैलेन्द्र अम्बेडकरले जनाएका छन् । राहतमा प्रत्येक परिवारलाई चामल १५ किलो, मटर २ किलो, भुजा १ किलो, नुन १ किलो, सरफ १ किलो, खाने तेल १ किलो, चाउ चाउ ६ प्याकेट र कपडा ( पाइन्ट, शर्ट, सारी, सुट) बच्चाहरुको कपडा वितरण गरिएको हो ।

लक्ष्मी गुप्तको संचालनमा भएको राहत वितरण कार्याक्रमको अम्बेडकरले गरेका थिए भने प्रहरी चौकी सनई इन्र्चाज धनेश्याम रिमाल र कोशिश टिम भैरहवाका सुभाष गुप्तको अतिथ्यतामा सम्पन्न भएको थियो । राहत समाग्री खरिदका लागि कुनै संघसंस्था, देश विदेशले सहायोग नभई केही व्यपारी तथा सर्व सधारणहरुबाट संकलन गरिएको अम्बेडकरले जनाएका छन् ।

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्