Logo
११ बैशाख २०८१, मंगलबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीका बाढीपीडितलाई  मधेशी समाज अष्ट्रेलियाको आर्थिक सहयोग

Saptari_flood_victims
काठमाण्डौ ३० साउन ।  सप्तरीका बाढी पीडितहरुको घर निर्माणमा मधेशी समाज अष्ट्रेलियाको भिक्टोरिया च्यापटरले आर्थिक सहयोग गरेको छ । सप्तरीका बाढी पीडितहरुको घर निर्माणका लागि खडा गरिएको ‘रिबिल्ङ्गि रिलिफ फण्ड’मा मधेशी समाजले नेपाली रुपैंया करिब ६० हजार जम्मा गरेको छ ।

फण्डको संयोजन गरिरहेका सरोज रायले सप्तरीका बाढी पीडित मध्येका अतिविपन्न परिवारको पूर्ण रुपमा क्षति भएको घर निर्माणमा उक्त रकम खर्च हुने बताए । रायले मधेशी समाज अष्ट्रेलियाको भिक्टोरिया च्यापटरले गरेको सहयोगको प्रसंशा गर्दै अन्य क्षेत्रलाई पनि सहयोग गर्न आग्रह गरे ।

त्यस्तै, उक्त रिलिफ फण्डमा अमेरिकामा रहेका मधेशीहरुले संयुक्त रुपमा एक लाख नेपाली रुपैंया जम्मा गरेका छन् । विनोद प्रसाद साहको नामबाट जम्मा भएको रकम अमेरिका स्थित मधेशीहरुले जम्मा गरेको रायले बताए ।

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्