Logo
७ बैशाख २०८१, शुक्रबार
(August 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश आन्दोलनका सहिद परिवार तथा घाइतेलाई विशेष परिचयपत्र व्यवस्था गर्न माग

Madhesh Aandolan

काठमाडौं २८ साउन । मधेश आन्दोलनका त्ररममा मृत्यु भएका र सहिद घोषणा गरिएकाको परिवार तथा घाइतेलाई सरकारी विशेष परिचय पत्रको व्यवस्था गर्न माग गरिएको छ । सहिद तथा घाइतेका परिवारहरुले राज्यबाट सुविधा पाउनु पर्ने भन्दै परिचय पत्रको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन ।

मधेश आन्दोलनमा सक्रिय जनकपुरका युवा विवेक कर्णले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको क्रममा सख्त घाईते भएका परिवारको सदस्यबाट समेत एक जनालाई जागिर दिनुपर्ने माग गरेका हुन । त्यस्तै, सहिद परिवारका एक जनालाई योग्यता बमोजिम सरकारी जागिरको व्यवस्था गर्न अथवा व्यापार व्यवसाय गर्न चाहनेलाई अनुदान रकम सहयोग र सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गरिएको छ ।

कर्णले सहिद परिवारलाई सरकारद्वारा दिइएको सिमित रकमले जिविका चल्न नसकने भन्दै ठोस नीतिसहित सुविधाहरु ल्याउनु पर्ने बताएका छन् । उनले मधेश आन्दोलनका सहिद तथा घाइते परिवारको व्यवस्थापन गर्ने जिम्मेबारी मधेशी युवाहरुको पनि रहेको बताएका हुन । #फाइल तस्विर

प्रकाशित मिति: Aug 12, 2016

प्रतिक्रिया दिनुहोस्