Logo
१२ बैशाख २०८१, बुधबार
(August 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी मधेशीहरुको छाता संगठन एन्टा अध्यक्ष पदमा साहको उम्मेदबारी

Sah

काठमाण्डौ २८ साउन । अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोसिएशन अफ तराईन इन अमेरिका (एन्टा) मा नयाँ नेतृत्वका लागि चहपहल सुरु भएको छ । जसअन्तरगत अध्यक्ष पदमा संस्थाकै वरिष्ठ उपाध्यक्ष सुनिल साहले उम्मेदबारी घोषणा गरेका छन् । सेप्टेम्बर १० मा हुन गइरहेको एन्टाको चौथो महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

एन्टाको स्थापना कालदेखि नै सक्रिय साहले नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि आफु योग्य रहेको दाबी गरेका छन् ।  साहले उम्मेदबारीका विषयमा भने,‘दिनप्रति दिन समयक्रम बदलिँदो छ, सोही अनुरुप एन्टालाई युवा, जुझारु, खट्न सक्ने, संस्थागत विकासको विस्तृत योजना भएको र सबैलाई मिलाएर लैजाने सक्ने नेतृत्वको आवश्यकता छ ।

विगत ११ बर्षदेखि जुन तरिकाले म एन्टाको संस्थागत विकासमा लागेको छु । मेरो ११ बर्षको अनुभवको आधारमा एन्टालाई सही दिशामा लैजाने सक्ने आफुमाथि विश्वास भएको हुनाले म उम्मेदवारी दिन लागेको हो ।’  एन्टाको महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको पद सम्हालेका साहले एन्टाको परम्परा अनुसार आफु अध्यक्षको दाबेदार रहेको बताएका छन् । आफु अध्यक्ष पदमा निर्वाचित भएको खण्डमा एन्टाको विश्वभरी विस्तार गर्ने साहले बताए ।

प्रकाशित मिति: Aug 12, 2016

प्रतिक्रिया दिनुहोस्