Logo
१५ चैत्र २०८०, बिहीबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस वर्ष मक्का मदिना जाने ३१ जना हज यात्रु

hajj-yatri2

बिराटनगर । मोरङ र झापा गरि हजका लागि यस वर्ष साउदी अरबको मक्का मदिना हज गर्न जानलाग्नु भएका हज यात्रुहरु ३१ जना रहेका छन् ।

बिराटनगरमा कौमी एकता समाज तथा नेपाल मुस्लिम युथ कमिटीले हज यात्रीहरुका लागि हज तरबियती क्याम्प कार्यक्रमको आयोजना सम्पन्न गरेको जानकारी लियो क्लबका अध्यक्ष चाँदबाबु इराकिले दिए ।

अघिल्लो वर्ष पनि बिराटनगरबाट हज गर्ने यात्री जम्मा ३१ जना रहेका थिए । ईस्लाम धर्मको महत्वपूर्ण पाँच स्तम्भ मध्ये हज एउटा स्तम्ब हो । मुस्लिम समुदायको महानपर्व बकरईद अवसर पारेर हजगर्न यस वर्ष नेपालबाट जाने यात्रीहरुको कोटा एक हजार रहेको छ ।

कार्यक्रममा हाजी ईमाम हैदर र ईमाम अब्दुल मनानले हज यात्रुहरुलाई हज गर्न जाँदा विषेश के केमा ध्यान पुर्याउनु पर्ने कुराहरुको तालिम तथा जानकारी समेत दिए ।

ईस्लाम धर्म अनुसार आर्थिक रुपमा सम्पन्न प्रत्येक मुस्लिम व्यक्तिले जिवनमा हज गर्न अनिवार्य रहेको छ । र हज गर्नको लागि बिशेष ध्यान दिनुपर्ने ऋण नलिएको, उमेर पुगेको छोरा छोरीको बिवाह गरिसकेको, झै झगडा टुङ्गिसकेको हुनुपर्ने, आदि ईत्यादि र सबै सँग मेलमिलाप गरि धर्मस्थलमा जानु पर्ने हुन्छ ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्